लिङ्सेमा तीन दिवसीय खेलकुद प्रशिक्षण

Font Size
16 Total Views

रम्फू, 5 जून।
अखिल भारतीय विद्या भारती शिक्षा संस्थान अन्तर्गत सञ्चालित विद्या भारती सिक्किमका सदस्यहरूले सरस्वती विद्या निकेतन लिङ्से, कालेबुङमा आयोजित तीन दिवसीय खेल तथा शारीरिक प्रशिक्षण शिविरमा भाग लिएको थियो। बिजनबारी, मगन, लिङ्से, तादोङ, साम्दोङ, तारेथाङ, मलबाँसे र अन्य क्षेत्रबाट गरी 18 प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालित शिविरमा विद्या भारती सिक्किको पक्षबाट मोहन शर्मा, सूर्य धिताल, गायत्री निरौला, महेन्द्र राई, हरिभक्त पोखरेल, लिला शर्मा आदिले सफलतापूर्वक भाग लिएका थिए। यो शिविर दिलिप कुवरको नेतृत्त्वमा आयोजना गरिएको थियो।

Related posts

Leave a Comment