रोजगारबिना अधुरो छ विकास

Font Size
23 Total Views

विगत 5 वर्षमा भारतीय अर्थ व्यवस्था तीव्र गतिमा अघि बढेको छ। वर्ष 2013-मा भारत तीव्र गतिमा विकास गर्ने विश्‍वको एघारौं स्थानमा थियो भने वर्ष 2019-मा आइपुग्दा नपुग्दा पाचौं स्थानमा आउन सफल भयो। यस अवधिमा देशभरि नै सडकसहित आधारभूत उद्योगहरूको पनि तीव्र गतिले विकास भयो। ब्याङ्कमा अदेय ऋणमाथि लगाम कस्न पनि सरकार धेरै हदसम्म सफल भयो। वर्ष 2018-को अन्तिम तीन महिनामा विकास दर 8.3 प्रतिशत थियो। यसरी भारतले चीनलाई पछाडि छोडेको थियो। वर्तमानमा यो विकास दरमा केही कमी आएको कारण बितेको तीन महिनामा यो केवल 6.6 प्रतिशत नै रह्यो। औद्योगिक उत्पादनमा गिरावट भएको छ। विगत 21 महिनाको सबैभन्दा न्यूननत् विकास दर 0.1 प्रतिशत थियो यो अर्थ व्यवस्थाको लागि चिन्ताजनक हो। कृषि उत्पादनमा वृद्धिको लाभ कृषकहरूलाई प्राप्त हुन सकेन, किनभने, मूल्यमा गिरावट आएको थियो। अहिले कृषकहरूलाई आफ्नो लागत निकाल्न पनि मुस्किल भइरहेको अवस्था छ देशका केही भागमा वर्षा औसत भन्दा कम्ति भएको छ भने केही इलाकामा खडेरी परेको छ।
अधिकांश राज्यहरूमा सरकारद्वारा निर्धारित मूल्यमा किसानहरूबाट त्यति खरिददारी भएन जति अपेक्षा गरिएको थियो। यसरी नै कतिपय राज्यमा कृषकहरूको ऋण माफि गर्ने घोषणा कागजमा नै सीमित रह्यो अनि थोरै सङ्ख्यामा मात्र किसानहरू लाभान्वित भए। सानातिना उद्योगहरूमा उत्पादन वृद्धि नभएको कारण रोजगारको अवसर घटि रहेको छ तर जनसङ्ख्या तीव्र गतिले बढिरहेको छ। देशका 60 प्रतिशत मानिस खेतीमा निर्भर छन्। कृषकहरूको आम्दानीमा कमी आउँदा यसको सोझे प्रभाव उपभोक्ता पदार्थको मागमा पर्दछ।
बढ्दो बेरोजगारी पनि मागको कमीका कारण बन्ने गर्दछ मूल्य नियन्त्रण गर्न सरकार सफल भए तापनि कृषि र आम उपभोक्ता पदार्थको मूल्य कम्ती हुनाले किसान र सानातिना उत्पादकहरूलाई नोक्सान भएको छ। सुक्खा, बाढ र प्राकृतिक प्रकोपले कृषकहरू धेरै प्रभावित हुन्छन्। विपत्तिसित जुझ्नका लागि ऋण लिनुपर्छ अनि यसलाई फिर्ता गर्न मुस्किल हुनेगर्छ। कृषक र कृषि सम्बन्धि यस्ता धेरै विषयहरू छन्। स्वतन्त्रता प्राप्तिको सात दशकपछि पनि कृषकहरूको स्थितिमा सुधार नहुुनु देशको अर्थ व्यवस्थाको लागि चिन्ताको विषय बनेका छ। कृषकहरू देशको अर्थ व्यवस्थाका मेरूदण्ड हुन्। औद्योगिक विकासका लागि वचत र निवेष दुवैमा वृद्धि हुनु आवश्यक छ। यसरी नै आर्थिक सुधारको क्षेत्रमा पनि तीव्रता ल्याउनु आवश्यक छ। जीएसटीमा सरलीकरण गर्ने कुरा अझ महत्वपूर्ण छ। व्यापारीहरूलाई रिफण्ड समयमा प्राप्त हुन सकिरहेको छैन। लघु र माध्यम उद्योग अनि अन्य व्यापार जीएसटीका कारण सर्वाधिक प्रभावित भएको छ।
रोजगार उपलब्ध गराउने विषयमा सबैभन्दा ठूलो समस्या देशको निरन्तर बढ्दो जनसङ्ख्या पनि भएको छ। जनसङ्ख्यामा नियन्त्रण गरेर चीनले आफ्नो अर्थ व्यवस्थालाई जुन उचाईमा त्यसबाट पनि शिक्षा लिनु आवश्यक छ। सफल उत्पादको दृष्टिले भारत विश्‍वको पाँच महान आर्थिक शक्तिमा पुगिसकेको छ। यद्यपि, प्रति व्यक्ति आयमा धेरै पछि छ। यसको मूल कारण पनि अनियन्त्रित बढ्दो जनसङ्ख्या नै मानिएको छ। विदेश निवेशमा पनि बितेको केही महिनामा लगभग एक प्रतिशत कमी आएको छ। बजार मण्डी र चुनाउ परिणामको आशंकामा पनि देशमा यो स्थिति छाएको थियो। यद्यपि, केन्द्रमा अहिले फेरि स्थिर सरकार आएपछि स्थिति चाडै सुधार हुने आशा गरिएको छ। औद्योगिक उत्पादनलाई मूलधारामा ल्याउनु, कृषकहरूको आम्दानी र रोजगारका नयाँ अवसरहरू बढाउनु सरकारको प्राथमिक सूचीमा हुन पर्छ। यसो गर्न सके मात्रै विकाससितै रोजगार पनि सिर्जना हुनेछ। यसरी पूर्ण विकासको महत्व रहनेछ।

Related posts

Leave a Comment