राज यादव देशका शीर्ष एवं उत्कृष्ट भारतीय प्रशासकमा सामेल

Font Size
94 Total Views

मगन, 15 मई।
उत्तर जिल्लाका जिल्लापाल राज यादव देशका शीर्ष एवं उत्कृष्ट भारतीय प्रशासनिक अधिकारी(आइएएस)-को सूचीमा सामेल भएका छन्। उल्लेख्य, उत्तर जिल्लाका जिल्लापाल राज यादवले दक्षिण जिल्लाको जिल्लापाल हुँदा शुरू गरेका नवान्वेषी कार्यक्रमहरू देशकै लागि अनुकरणीय भएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा सरकारी सेवालाई सुनिश्‍चित गर्न तथा ग्रामीण समस्याको समाधान गर्न र सरकारी अधिकारी-कर्मचारीहरूलाई जिम्मेवार र दायित्वबोध गराउन जिल्लापाल राज यादवले उल्लेखनीय कार्य गरेका छन्। अनियमित बिजुली आपूर्ति, सरकारी स्कूलमा शिक्षकहरूको अभाव साथै अन्य विकास कार्यक्रमहरूमा उल्लेखनीय पहल र हस्तक्षेप गरेको कुरालाई प्रंशसा गरिएको छ।
विशेष गरी दक्षिण जिल्लापाल भएपछि उनले शुरू गरेको जिल्ला प्रशासनद्वारा काख लिने गाउँ(डीएएभी) पहल राष्ट्रिय स्तरमा नै अनुकरणीय रहेको उल्लेख गरिएको छ। जिल्लापाल राज यादवसित सूचीमा दन्तेवाडाका जिल्लापाल सौरभ कुमार, मणिपुरका आम स्ट्रोङ पामे, केरलाका मोहम्मद अली र केरलाका कलेक्टर प्रशान्त नायर सामेल छन्। दन्तेवाडाका जिल्लापालले नक्सलीवादलाई साम्य गराउन सञ्चालन गरेका पहलहरू प्रंशसनीय छन्। यसरी नै आम स्ट्रोङ पामेले मणिपुरदेखि नागाल्याण्डसम्म एक सय किलोमिटरको सडक निर्माण गर्नबाहेक अन्य विभिन्न गतिविधिहरू सञ्चालन गरेका छन्। उनलाई मणिपुरमा विशेष गरी मिराकल म्यान भनेर पनि सम्बोधन गरिन्छ। यसरी नै मोहम्मद अलीलाई कनौर जिल्लालाई प्लास्टिकमुक्त जिल्ला बनाउन दिएको योगदान अनुकरणीय रहेको तथा उनका अन्य गतिविधिहरूमा विशेष गरी पर्यावरणमैत्री नवान्वेषी विचारलाई प्रंशसा गरिएको छ।
यसरी नै सामाजिक सञ्जालको प्रयोगमार्फत सामाजिक जीवनमा बद्लाव ल्याउन सक्ने तथा पारदर्शी प्रशासनका लागि आइएआस प्रशान्त नायरलाई पनि देशका प्रशासनिक अधिकारीहरूमा गौरव भनेर पहिचान गरिएको छ।

Related posts

Leave a Comment