राज्य दिवसको अवसरमा राज्यपालद्वारा शुभकामना

Font Size
10 Total Views

गान्तोक, 15 मई।
सिक्किमका राज्यपाल गंगा प्रसादले राज्य दिवसको अवसरमा सिक्किमका जनतालाई बधाई एवं शुभेच्छा व्यक्त गरेका छन्। राजभवनद्वारा बुधबार जारी सन्देशमा राज्यपालले 16 मई, 1975 को दिन सिक्किम विश्‍वकै सबै भन्दा ठूलो लोकतन्त्रको एउटा हिस्सा बनेको बताउँदै अहिलेसम्मको यात्रा फलदायी र सम्पन्न रहेको बताएका छन्। उनले भनेका छन्, भौगोलिक अनि कनेक्टिविटीको समस्या भए तापनि सिक्किम आज देशकै सर्वाङ्गीण क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने राज्यको रूपमा अघि आएको छ। सिक्किम देशको एउटा आदर्श राज्यको रूपमा स्थापित बन्न अझ धेरै जोश अनि उत्साहको साथमा अग्रसर बनिरहेको छ। उनले राज्य दिवस सिक्किमले विगतका वर्षहरूमा प्राप्त गरेका विविध एवं महत्त्वपूर्ण उपलब्धिहरूलाई गर्व, उत्साह अनि सन्तोषका साथ स्मरण गर्ने खुशीको अवसर रहेको बताएका छन्।
यसैगरि, राज्यपालले यो दिवस अहिलेसम्म हासिल गरेका उपलब्धिहरूलाई आत्मनिरीक्षण गर्ने तथा एक समृद्ध अनि विकसित राज्यको इच्छित दर्जा हासिल गर्न रणनीति तयार गर्ने दिवस पनि रहेको बताएका छन्। उनले भनेका छन्, हामीले पछि फर्केर हेर्नुपर्छ र हामीले गरेको प्रगतिप्रति गर्व गर्नुपर्छ। यसको श्रेय सिक्किमेहरूका सामूहिक प्रयासलाई दिन सकिन्छ। यसैगरि, राज्यपालले यो दिवसमा सिक्किमका निर्माताहरूको पनि सम्झाना गरेका छन्। उनले भविष्यका निम्ति कार्यावली तयार गरेर हामीले हाम्रा संस्थापक नेताहरूका सपनालाई साकार बनाउनुपर्छ भन्दै सुन्दर हिमाली जैविक राज्यको विकासमा रचनात्मक अनि सकारात्मक योगदान गर्न मदत पुग्ने रूपरेखा हुनुपर्ने विचार व्यक्त गरेका छन्। उनले सिक्किम राष्ट्रिय एकता, अखण्डता र देशभक्तिको साचो उदाहारण रहेको बताएका छन्। उनले विगत केही दसकमा सानो हिमाली राज्य सिक्किमले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक अनि हवाई सम्पर्कदेखि लिएर अन्य विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको कुरा उल्लेख गरेका छन्।
सिक्किमले आज देशमा मात्र नभएर विश्‍वमा पनि आफ्नो उपस्थिति दर्ता गर्न सफल बनेको कुरा राज्यपालले आफ्नो सन्देशमा बताएका छन्। उनले राज्यका विद्यार्थीहरू, युवाहरू, महिलाहरू, कृषिकहरू र कर्मचारीहरूलाई सरकारद्वारा उपलब्ध गराइएका नयाँ अवसरहरूबाट फाइदा उठाउने अपील गरेका छन्। उनले राज्यवासीको व्यक्ति कल्याण अनि खुशीको कामना गर्दै राज्यको प्रगति र समृद्धिको निम्ति मिलेर काम गर्ने आह्वान पनि गरेका छन्।-हिस

Related posts

Leave a Comment