राज्यपालद्वारा तीन संस्थालाई वित्तीय सहायता प्रदान गरियो

Font Size
95 Total Views

गान्तोक, 10 जून।
सिक्किमका राज्यपाल गंगा प्रसादले आज राजभवनमा एक विद्यालयलगायत तीन संस्थालाई वित्तीय अनुदान प्रदान गरेका छन्। राज्यपालले यी संस्थाहरूको भ्रमण अवधि उक्त वित्तीय सहायता अनुमोदन गरेको जानकारी राजभवनले दिएको छ। वित्तीय सहायता स्वरूप राज्यपालको बाहुलीद्वारा सिक्किम सिस्टर्स एनजीओद्वारा उत्तरेमा सञ्चालित पवन दृष्टि गर्ल्स सेल्टर होमलाई पचास हजार रूपियाँ प्रदान गरियो।
यसैगरि, सिङतामस्थित बिहारी भवनमा पुस्तकालय स्थापना गर्न सिक्किम बिहारी जागरण मञ्चलाई पच्चीस हजार रूपियाँ, देन्ताम उच्चतर माध्यमिक स्कूलमा पुस्तकालय सुविधा बढाउन पच्चीस हजार रूपियाँ प्रदान गरियो। यस अतिरिक्त राज्यपालले व्यक्तिगत रूपमा पुस्तकालय स्थापना अनि सुविधा बढ़ाउन सिक्किम बिहारी जागरण मञ्च र देन्ताम उच्चतर माध्यमिक स्कूललाई पच्चीस-पच्चीस हजार रूपियाँ थप प्रदान गरेका छन्। राज्यपालले उक्त संस्थाहरूलाई सामाजिक कार्यहरूको निम्ति शुभकामना व्यक्त गरे।-हिस/बिशाल

Related posts

Leave a Comment