युसीडब्ल्यूएसएसको पहिलो आम सभा सम्पन्न

Font Size
26 Total Views

गान्तोक, 16 जून।
युनाइटेड क्रिश्‍चियन वेलफेयर सोसाइटी अफ् सिक्किम (युसीडब्ल्यूएसएस)-ले तादोङस्थित आफ्नो मुख्य कार्यालयमा पहिलो आम सभा आयोजना गर्यो। युसीडब्ल्यूएसएसका महासचिव पास्टर पिटर समशेरको अध्यक्षतामा आयोजित उक्त सभाको शुरूवात पास्टर रविन छेत्रीको प्रार्थनाद्वारा गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। सभामा युसीडब्ल्यूएसएसका अध्यक्ष एल्डर पत्रुस गुरूङले मुख्यमन्त्री पीएस गोलेको कुशल नेतृत्वमा नवगठित सरकारलाई हार्दिक बधाई अनि शुभकामना प्रकट गरे। सभामा राज्यभरिबाट पास्टरहरू र लिडर्सहरू उपस्थित थिए। सभामा आफ्नो विभिन्न मागहरू लिएर चाँडै मुख्यमन्त्रीलाई भेटेर ज्ञापन बुझाउने निर्णय लिइयो। पास्टर जोसेफ तामाङको प्रार्थनापछि सभा समाप्त गरियो।-हिस/बिशाल

Related posts

Leave a Comment