याङथाङमा असार पन्ध्र मनाइयो

Font Size
25 Total Views

गेजिङ, 30 जून।
पश्‍चिम जिल्लाको याङथाङ समष्टिअन्तर्गत लिङचोम सर्वोदय समाजको तत्वावधानमा आयोजित दुई दिवसीय असार पर्वको आज समापन भयो। कार्यक्रममा कृषि एवं बागवानी विभागका मन्त्री लोकनाथ नेपाल मुख्य अतिथि रहेका थिए।
समापनको कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री भीमहाङ सुब्बालगायत अन्य अधिकारी तथा कर्मचारी, सर्वोदय समाजका अध्यक्ष एवं सम्पूर्ण सदस्यगण, स्थानीय ग्राम पञ्चायतसहित अन्यको उपस्थिति रहेको थियो। प्रत्येक वर्ष असार पन्ध्रलाई एक महत्त्वपूर्ण पर्वको रूपमा पालन गरेर खेत खलियानको विषयमा वर्तमान पिँढीलाई जानकारी दिने उद्देश्यमा संस्थाले यो कार्यक्रम शुरूलाई प्रथाको रूपमा कायम राखेको छ। लिङचोमको टारीखेतमा आयोजना गरिने यो पर्व विशेष गरेर असार पन्ध्रमा खेतमा साना-ठूला सबै मिलेर हिलो खेल्ने, धान रोप्ने, बाउसे गर्ने आदि खेतको कार्यसंस्कृतिलाई जिउँदो राख्ने उद्देश्यमा यो कार्य शुरू गरिएको बताइएको छ।
यसै अवसरमा अमेरिकाबाट उपस्थित रहेका चारजना महिला पर्यटकहरूले पनि स्थानीय महिलाहरूसँग मिलेर धान रोपे। पर्यटकहरूले पनि यो अवसरमा खुबै मनोरञ्जन गर्दै कार्यक्रमको स्वाद लिए। कार्यक्रममा हिले नृत्य, हिलेदौड, भलिबल, फूटबल, झरी नृत्य, मुठा फाल्ने, असारे हाजिरी जवाब प्रतियोगिता, जुहारी, नृत्य, बेठी, दाँधे आदि प्रमुख आकर्षण रहेको थियो।

Related posts

Leave a Comment