मुख्यमन्त्रीद्वारा सिक्किमका लागि 4000 करोड वित्तीय अनुदानको माग

Font Size
85 Total Views

गान्तोक, 12 जून।
मुख्यमन्त्री पीएस गोलेले मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरे। प्रधानमन्त्री मोदीको नेतृत्वमा दोस्रोपल्ट भारतीय जनता पार्टीले हासिल गरेको ओजस्वी जीतको निम्ति मुख्यमन्त्री गोलेले प्रधानमन्त्रीलाई बधाई दिए। मुख्यमन्त्रीले यो जीत प्रधानमन्त्रीको दूरदर्शी सामाजिक, आर्थिक अनि राजनीतिक नीतिप्रति देशका जनताको सर्वम्मत समर्थनको प्रतिबिम्ब रहेको बताए। यस अवसरमा राज्य ग्रामीण प्रबन्धन एवं विकास विभागका मन्त्री सोनाम लामा पनि उपस्थित रहेको जानकारी आइपीआर विभागले दिएको छ।
मुख्यमन्त्री गोलेले सिक्किम सम्बन्धी विभिन्न लम्बित मागहरूको उठान गर्दै यसको अविलम्ब समाधानको निम्ति प्रधानमन्त्रीसमक्ष हस्तक्षेपको माग राखे।
संविधानको धारा 371एफ बारे बोल्दै उनले धारा 371एफ सिक्किमे जनताको निम्ति सबै भन्दा ठूलो उपहार रहेको र यसको सुरक्षा, संरक्षणका साथै अक्षरस पालन आवश्यक रहेको उनले बताए। उनले धारा 371 एफ लाई सशक्त अनि स्थिर बनाउनु भनेको संवैधानिक ढाँचालाई नै बलियो बनाउनु हो भन्दै प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा धारा 371 एफ- लाई सशक्त अनि स्थिर बनाउने काम अवश्य हुनेछ भनी विश्‍वास प्रकट गरे। यसैगरि, मुख्यमन्त्रीले सिक्किमे लिम्बू-तामाङ जनजातिहरूको राजनीतिक अधिकार जति सक्दो चाँडै सुनिश्‍चित गर्ने काम गरिनुपर्ने बताए। उनले लिम्बू-तामाङ विगत लामो समयदेखि आफ्नो राजनीतिक अधिकारबाट वञ्चित रहनु परेको कुरा प्रधानमन्त्रीसमक्ष राखे।
यसैगरि, मुख्यमन्त्री गोलेले 11 समुदायको जनजातिको मुद्दा उठाउँदा प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिए। मुख्यमन्त्रीले वित्तीय अवस्थाबाट सिक्किमलाई बाहिर निकाल्न भारत सरकार समक्ष एकपल्टको निम्ति 4000 करोड़ वित्तीय अनुदानको प्रस्ताव राखेका छन्।

Related posts

Leave a Comment