मुकुल रोयको बयानप्रति विनयपन्थीले जनायो घोर भत्सर्नाः

Font Size
78 Total Views

विरोध गर्न हामी जुनै हतसम्म पनि जानसक्छौं: विनय तामाङ

दार्जीलिङ, 10 जून।
भाजपा नेता मुकुल रोयले बंगाल विभाजन हुने छैन भन्ने प्रकारको जुन बयान दिएका थिए, गोजमुमो विनयपन्थीले उक्त बयानको घोर भत्सर्ना जनाएको छ। आज गोजमुमो अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, भारतीय जनता पार्टीका वरिष्ठ नेता मुकुल रोयले दार्जीलिङको वर्तमान सांसद राजु विष्टको उपस्थितिमा गोर्खाल्याण्ड राज्य गठनबारे प्रेस सम्मेलनमा बंगाल विभाजन हुनेछैन भन्ने प्रकारको जुन बयान दिएका छन्, उक्त बयानको गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) कठोर शब्दमा घोर भत्सर्ना गर्दछौं। गोर्खाल्याण्डको निम्ति भनेर दार्जीलिङ पहाडको भोट बटुल्ने सांसद राजु विष्ट, विधायक निरज जिम्बालगायत जनतालाई भावनात्मक ब्लैकमेल गर्ने विमल गुरुङहरूले उक्त बयानबारे चाँडै जनतालाई जवाब दिउन् भन्ने हाम्रो माग छ।
विज्ञप्तिमा अध्यक्ष तामाङले अझ भनेका छन्, ‘लोकसभा र दार्जीलिङको उप-चुनाउको मतगणना घोषणा भएको 18 दिन पनि नबित्दै भारतीय जनता पार्टीले गोर्खा जाति अनि पहाड, समतल र डुवर्सप्रतिको आफ्नो सोच र संकल्प स्पष्ट रूपमा जनताअघि राखिदिएका छन्। गोर्खाल्याण्ड गठनबारे बंगाल विभाजन हुने छैन भन्ने उनीहरूको स्पष्ट अडान छ। योभन्दा अघि विजय कैलाशवर्गीय, राहुल सिन्हा अनि दिलिप घोषले पनि यी कुरा भनिसकेका हुन्। पहाड, तराई र डुवर्सको गोर्खाल्याण्डको पक्षधर जनताले भाजपालाई 2009 देखि 2019 सम्मको चुनाउमा आफ्नो बहुमूल्य मत गोर्खाल्याण्डको निम्ति दिएका थिए। तर अस्तिको मुकुल रोयको बयानले गोर्खा जाति र गोर्खाल्याण्ड पक्षधर जनताको अपमान भएको छ। गहिरो आघात र धोका भएको छ।’ विमल गुरुङ, रोशन गिरी, राजु विष्ट, निरज जिम्बा, 17 जना दार्जीलिङ नगरपालिकाका भाजपामा सम्मिलित पार्षदहरू वा पहाड तराई डुवर्समा भएका विमलपन्थी गोजमुमो वा भूमिगत विमलपन्थी नेता, कार्यकर्ता वा पिल्सिने जनताहरूमध्ये यसको जिम्मेवारी अब कसले लिने्? अध्यक्ष तामाङले प्रश्‍न गरेका छन्। ‘अब केही दिनपश्‍चात यी भाजपाका नेताहरू लगायत राजु विष्ट अनि निरज जिम्बाहरूको दार्जीलिङमा विजय उत्सवको रूपमा उनीहरूको राजनैतिक कार्यक्रमहरू हुने थाहा लागेको छ। हाम्रो स्पष्ट भनाई यही छ, उहाँहरूले गोर्खाल्याण्ड विषय लिएर के भन्नु छन्? सो दार्जीलिङमा नै भनिदियोस्। पहाडमा अर्कै र समतलमा अर्कै बयान दिने यस्तो दोहोरो नीति उनीहरूले अब नगरुन्। यदि भाजपा, सांसद राजु विष्ट अनि निरज जिम्बाको गोर्खाल्याण्डप्रतिको सकारात्मक अडान र पहल नभए यसको विरोध गर्न हामी कुनै पनि हतसम्म जानसक्छौं’ विज्ञप्तिमा अध्यक्ष तामाङले भनेका छन्।

Related posts

Leave a Comment