मार्ताम रुम्तेकमा विराट कार र्याली सम्पन्न

Font Size
125 Total Views

गान्तोक, 8 अप्रेल।
मार्ताम रुम्तेक निर्वाचन क्षेत्रको एसडीएफ उम्मेद्वार डीटी लेप्चाको समर्थनमा आज समष्टिस्तरीय एसडीएफको चुनावी कार र्यालीको आयोजना गरियो। कार र्याली मार्चक रानीपूलबाट शुरू भएर 32 नम्बर, साङखोला, साङ, मार्ताम, रुम्तेक, साजोङ हुँदै धजे, रे-मिन्दुको परिक्रमा गरी रानीपुलमा आएर विसर्जन गरियो। यस र्यालीमा मार्ताम रुम्तेक समष्टिका 34 वटै वार्डका जनताको व्यापक सहभागिता रहेको थियो।
र्यालीलाई एसडीएफ उम्मेद्वार डीटी लेप्चाले अगुवाई गरेका थिए। र्यालीमा चार सय अधिक वाहन र 70 अधिक मोटर बाईक थिए।
एसडीएफ उम्मेद्वार डीटी लेप्चाको साथमा पूर्व विधायक डा. मिचुङ भोटिया, नुकछिरिङ भोटिया, छुसाङ भोटिया, जिल्ला पञ्चायतगण, पञ्चायतगण, सीईसी, सीएलसी, बीएलसी, डब्लुएलसी साथै युवा चेली कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment