मानेबुङ देन्ताममा एसडीएफको शान्ति र्याली एवं सभा सम्पन्न

Font Size
35 Total Views

देन्ताम, 8 अप्रेल।
आगामी 11 अप्रेलको दिन हुने लोकसभा र विधानसभा चुनाउलाई ध्यानमा राख्दै आज मानेबोङ देन्ताम निर्वाचन क्षेत्रमा सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीका लोकसभा उम्मेद्वार डीबी कटवाल साथै समष्टिका निवर्तमान विधायक एवं पार्टीका उम्मेद्वार नरेन्द्रकुमार सुब्बाको अगुवाईमा शान्ति र्याली आयोजना गरियोे। र्यालीपछि जनसभा पनि आयोजना गरिएको थियो। सभालाई सम्बोधन गर्दै कटवालले आफू विजय भएको खण्डमा सिक्किम अनि सिक्किमे जनताको हितार्थ काम गर्ने वचन दिएका छन्। उनले छाताको चिनोमा आफ्नो बहुमूल्य भोट दिने जनतासित अपील पनि गरे। राज्यमा असल अनि कुसल नेतृत्व दिने सरकार भएको कारण आज चौतर्फी विकास भएको जानकारी दिँदै एसडीएफ पार्टीले मात्र सिक्किमे जनतालाई सबै प्रकारको सुविधाहरू दिने साथै आगामी दिनमा पनि सिक्किमे जनताको पक्षमा काम गर्ने बताए। सिक्किमका जनतालाई एसडीएफ पार्टीमा मात्रै पूर्ण विश्‍वास छ। त्यसैले छैटौंपल्ट पनि पार्टीको जीत निश्‍चित छ, कटवालले भने। यसरी नै आफ्नो सम्बोधनमा बोल्दै निवर्तमान विधायक एवं क्षेत्रका उम्मेद्वार नरेन्द्रकुमार सुब्बाले आफ्नो कार्यकालमा क्षेत्रमा भएको उपलब्धिहरूको जानकारी दिँदै क्षेत्रमा अझ धेरै विकास अनि जनपक्षीय कार्यहरू गरिने बताएका छन्। आजको सभामा पूर्व विधानसभा अध्यक्ष चक्रबहादुर सुब्बा, पूर्व विधायक दिपककुमार गुरुङ, क्षेत्र सभापति अर्जुनकुमार गुरुन, समष्टिका सम्पूर्ण जिल्ला तथा ग्राम पञ्चायतका सदस्यगण आदिको उपस्तिथि रहेको थियो।

Related posts

Leave a Comment