भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद

Font Size
25 Total Views

नयाँ दिल्ली, 23 अप्रेल।
लोकसभाको तेस्रो चरणको मतदान भएको छ। भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन्।
13 राज्य र दुई केन्द्र शासित प्रदेशका 116 लोकसभा सिटका लागि आज मतदान भइरहेको छ। सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनाउलाई धेरै चासोका साथ हेरिएको छ। किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरूको भविष्य यही चुनाउले निर्धारण गर्ने छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गुजरात पुगेर आज मतदान गरेका छन्। मतदान गर्न जानुअघि उनले आमा हिराबेनको आशीर्वाद लिएका थिए। उनले आमालाई भेटेर पाउ ढोगे। अनि सल उपहार दिएर मिठाइ खुवाए। यसैक्रममा आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिइन् र मिठाइ खुवाइन्। भोट हाल्न जानुअघि मोदीले आमासँग भेटेको तस्वीर भाइरल भइरहेको छ। सन् 2014 को लोकसभा चुनाउ जितेपछि पनि मोदी आमालाई भेट्न गएका थिए।

Related posts

Leave a Comment