भारत-चीन सीमा व्यापारको 14औं संस्करण शुरू

Font Size
110 Total Views

गान्तोक, 2 मई।
भारत-चीन सीमा व्यापारको 14औं संस्करण 1 मईदेखि शुरू भएको छ। 1 मईको दिन सीमा क्षेत्रमा दुवै तर्फका अधिकारी र व्यापारीहरूलाई स्वागत जनाएर विधिपूर्वक यस वर्षको सीमा व्यापार शुरू गरिएको छ। भारतको तर्फबाट सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभागका वरिष्ठ अधिकारीसहित प्रधान सचिव डा. थोमस चण्डी र केन्द्र सरकारका विभिन्न एजेन्सीहरूका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
स्मरण रहोस्, 1 मईदेखि शुरू भएको यो सीमा व्यापार 30 नोभेम्बरको दिन समापन हुनेछ। हप्तामा 4 दिन अर्थात सोमबारदेखि बिहिबारसम्म व्यापार सञ्चालन गरिने छ। उल्लेख्य, बितेको वर्ष सीमा व्यापारमार्फत भारतबाट कूल रू.45.03 करोडको निर्यात गरिएको थियो भने चीनबाट रू.3.23 करोडको आयात भएको थियो। सीमा क्षेत्रबाट निर्यात गरिने सामाग्रीहरूमा आटा, डाल्डा, बिस्कुट, भाडा कुडा र कप्पर सामाग्री सामेल छन् भने आयात गरिने सामाग्रीहरूमा रेडिमेड गार्मेन्ट, कार्पेट, ब्ल्याङ्केट, जुत्ता र चाइनीज क्ले सामेल छन्।

Related posts

Leave a Comment