भलिबल एसोसिएशन अफ् सिक्किमको वार्षिक सभा

Font Size
122 Total Views

नाम्ची, 18 माचर्र्।
नाम्चीको इन्डोर स्टेडियममा 16 मार्चमा भलिबल एसोसिएशन अफ् सिक्किमको वार्षिक सभा सम्पन्न भयो। सभाको अध्यक्षता अध्यक्ष तोब्दा भोटियाले गरेका थिए। उल्लेखनीय, सिक्किम भलिबल एसोसिएशन सिक्किम ओलम्पिक एसोसिएशनसँग आवद्ध रहेको छ। सभामा सम्बोधन गर्दै तोब्दा भोटियाले सिक्किम भलिबल एसियोसेसनले भलिबल फेडरेसन अफ् इण्डियासँग आवद्ध गर्नका लागि आवेदन चढाएको बताए। यसको लागि दुई महिनासम्म लाग्ने बताइएको उल्लेख गरे।
भलिबल फेडरेसन अफ् इण्डियासँग आवद्ध भएपछि सिक्किमका भलिबल खेलाडीहरूले राम्रो सुविधाहरू प्राप्त गर्ने उनले बताएका छन्। सिक्किमका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा पनि सहभागिता जनाउन सक्ने अवसरहरू प्राप्त गर्ने पनि बताए। नाम्ची परिसरमा भनेजस्तो भलिबल मैदान नभएको कारण सम्बन्धित विभागलाई एसोसिएशनको लागि राम्रो भलिबल मैदानको प्रबन्ध मिलाइदिने अनुरोध पनि गरे।

Related posts

Leave a Comment