बाजेले हिँडेको गोरेटो पहिल्याउँदै साँढे सात दशकपछि

Font Size
31 Total Views

ब्रिटिस बाबु छोरी सिक्किममा

गान्तोक, 23 अप्रेल।
सिक्किमको प्राकृतिक सुन्दरताले दशकौंदेखि विदेशी पर्यटकहरूको ध्यान आकर्षण गर्दै आएको तथ्य आजभन्दा साँढे सात दशकअघि आफ्ना बाजे र बाबुले सिक्किममा यात्रा गर्दा छोडिराखेको पदचिन्ह पहिल्याउँदै आइपुगेका ब्रिटिस बाबु-छोरीको यात्रापछि खुलिएको छ। आफ्नो बुबा तथा हजुर बाले दोस्रो विश्व युद्ध सकिएपछि हिँडेको उत्तर सिक्किमको पाखा पखेरूमा 75 वर्षपछि यात्रा गर्न आइपुगेका छन् लण्डनका मेथ्यु स्टुटर्ड र उनकी छोरी सुश्री सोफी स्टुटर्ड। उनीद्वयले आज आफ्नो बाजेले हिँडेको पदचिन्हहरूमा हिँडेर छाडेको स्मृति केलाउँदै उत्तर सिक्किमको यात्रा पूरा गरेका छन्।
यात्रा सक्किनसाथै मेथ्यु स्टुटर्ड भने लण्डन फर्किए, तर छोरी सोफी भने पश्चिम सिक्किमको यात्रा गर्नअघि आफ्नो बाजेले छोडिराखेको यात्राको एउटा विरासतबारे सिक्किम र दुनियाँलाई एकपल्ट बताइ राख्ने भन्दै पत्रकारहरूसित कुराकानी गरेकी छन्। गत 9 अप्रेलको दिन सिक्किम आइपुगेका बाबु छोरीले हिजोमात्र आफ्नो पुर्खा हिँडेको बाटोमा यात्रा गरेर राजधानी झरेका हुन्।
युवा पर्यटन हितधारक जीवन गुरुङले सञ्चालन गरिरहेको होलिडेज इन सिक्किम ट्रेक टुर एण्ड ट्राभल्सले स्टुटर्ड बाबु छोरीको ऐतिहासिक यात्रा सम्पन्न गराएको हो। पत्रकारहरूसित कुराकानी गर्दै सुश्री स्टुटर्डले भनिन्, मेरो बाजे 1946 सालमा विश्व युद्ध सक्किएपछि सिक्किम आएका थिए, त्यस समय उनी सेनामा थिए। उनले त्यसबेला उत्तर सिक्किमको सेबुला पाससम्म यात्रा गरेको दस्तावेज र फोटोग्राफी हेरेर सँधै सुन्दर सिक्किमको भ्रमणको लालसा पालेर बसेकी म 60 वर्षीय बाबासित यसपाली सिक्किम घुम्ने मौका पाएँ, धेरै खुसी लागेको छ।
उनले बाजेले प्रयोग गरेको 1946 साल ताकाको क्यामेरा पनि यसपालीको यात्रामा ल्याएर आएको अनि केही तास फोटो पनि खिचेको बताइन्। यो यात्रामा आफ्नो बाजेको याद ताजा हुनका साथै पिता पनि धेरै खुशी भएको उनले बताइन्। आफ्नो बाजेले हिँडेको पदचिन्ह सक्दो पहिल्याँउदै युमथाङ र लाभालासम्म पुग्न सफल भएको उनले जानकारी दिइन्। यद्यपि, आफ्ना बाजेले झै धेरै टाडासम्म यात्रा गर्न नपाएको तथा व्यापक हिमपातले गर्दा बाटैबाट फर्किन परेको विस्वाद भए तापनि सिक्किमको संस्कृति र परम्परा अनि नयाँ युगका युवापुस्ताको रहनसहनले आकर्षित गरेको बताइन्।
यसैगरि बाजेले झै आफ्नो पिताले पनि सिक्किमको यात्राबारे लेख्ने तयारी गरेको उनले बताइन। यसैगरि बाजेको पालाको श्याम श्वेत फोटोग्राफ र अहिले बाबु छोरीको पालाको रङ्गी डिजिटल फोटोग्राफी पनि उनले साझा गरिन्। 1946 सालको नोभेम्बर महिनामा ब्रिटिस सेनाका अधिकारी रहिसकेका ब्रिटिस नागरिक आरएम स्टुटर्डले सिक्किमको उत्तर जिल्लाको सेबुला पाससम्मको यात्रा गरेर तत्कालिन सिक्किमको जनजीवनबारे धेरै फोटोग्राफीहरू संकलन गरेका थिए। उनले आफ्नो यात्राबारे उत्तर सिक्किमबारे नै एउटा ब्लकमा संस्मरण लेखेर सबै यात्रा विवरणलाई अमर तुल्याएका छन्। दोस्रो विश्व युद्धपछि पूर्व र पश्चिम हिमालयको काखमा सहासिक यात्रा नाम दिनएर आरएम स्टुटर्डले उत्तर सिक्किमको लाचेन, थाङ्गु दोङकुङ, छोल्हमु, गुरुदोङमार, डोङ्क्याला पास, युमेसामदोङ हुँदै अहिले प्रतिबन्धित रहेको सेबुला पासको यात्रा गर्दै धेरै फोटोग्राफी दस्तावेज भेला पारेका थिए। यसपाली उनको छोरो र नातिनीले भने युमथाङ, लाभाला हुँदै तारुमसम्मको मात्र यात्रा पूरा गर्न सकेका छन्।
अहिले सिक्किम देशबाट प्रदेश बनिसकेको अवस्था छ भने ब्रिटिस यात्री आरएम स्टुटर्डले यात्रा गरेको सेबुला पास अहिले यात्रीहरूको निम्ति प्रतिबन्धित रहेको छ। यसरी साँढे सात दशकपछि पनि सिक्किमको सुन्दरतालाई सम्झना गर्दै ब्रिटिश नागरिकले सिक्किम भ्रमणमा आएर 75 वर्ष पुरानो सम्बन्धलाई नवीकरण गरेको बताउँदै पर्यटन हितधारक जीवन तामाङले खुशी व्यक्त गरेका छन्।
यसैगरि सिक्किमको सुन्दरतामा मोहित हुने विश्व समुदायमा धेरै यस्ता व्यक्तिहरू रहेको उनले दाबी गरे। बाजेको पालामा चर्चित टुरिस्ट गाइड तथा सगरमाथा आरोही आङछिरिङ शेर्पा रहेका थिए भने बाबु र छोरीको पालामा सिक्किमे युवा टुरिष्ट गाइड कृष्ण राईले ब्रिटिस पर्यटकहरूलाई ढोहोर्याएर यात्रा सफलतापूर्वक पूरा गराएको पनि पर्यटन हितधारक जीवन गुरुङले बताए।-हिस/बिशाल

Related posts

Leave a Comment