बक्सर छिरिङ शेर्पाले प्रथम सब जुनियर राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा भाग लिने

Font Size
103 Total Views

सिङताम, 24 जून।
सिङताम आदर्श गाउँका युवा बक्सर छिरिङ शेर्पाले प्रथम सब जुनियर राष्ट्रिय बक्सिङ च्याम्पियनशीप 2019 मा भाग लिनेछन्। 13 वर्षीय छिरिङ शेर्पा यो प्रतियोगिताका लागि सिक्किमको प्रतिनिधित्व गर्न चयन भएका छन्। आगामी महिनाको 2 देखि 8 जुलाईसम्म हरियाणाको रोतकमा यो प्रतियोगिता आयोजना हुनेछ। स्मरणरहोस्, प्रशिक्षक प्रितम शिलालको मार्गदर्शनमा प्रशिक्षण लिइरहेका युवा खेलाडीलाई यो अवसर प्राप्त भएको हो। प्रितम सिलालले अहिलेसम्म धेरै युवालाई बक्सिङमा प्रशिक्षण दिइसकेका छन्। छिरिङ शेर्पाले सब जुनियर पुरूष वर्गमा 37 केजी भार वर्गको स्पर्धामा सिक्किमको प्रतिनिधित्व गर्नेछन्। उनलाई सिक्किम एमेच्युर बक्सिङ एसोशिएसनको चयन समितिले यो प्रतियोगिताको लागि चयन गरेको हो।

Related posts

Leave a Comment