प्रधानमन्त्रीले फानीलाई लिएर बंगालमा गरे बैठक

Font Size
112 Total Views

कोलकाता, 6 मई।
प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवाती तूफान फानीबाट उत्पन्न स्थितिलाई लिएर आज पश्‍चिम बंगालको मेदनीपुर जिल्लाको कलाइकुण्डामा बैठक गरे। तर उक्त बैठकमा न राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी नै सामेल भइनन् न त राज्यका कुनै प्रतिनिधि नै उपस्थित रहे। बैठकमा उडिसाका मुख्यमन्त्री नवीन पटनायक भने उपस्थित रहेका थिए। राज्य सचिवालय नवान्नको सूचनाअनुसार, केन्द्र सरकारले यस बैठकको निम्ति जानकारी दिएको थिएन। यसैले राज्य सरकारले यस बैठकको बहिष्कार गरेको हो। उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदी पश्‍चिम बंगालमा दुई चुनावी जनसभालाई सम्बोधन गर्न सोमबार यहाँ पुगेका थिए। यसअघि उनले चक्रवाती तूफानलाई लिएर बैठक गर्ने निर्णय गरेका थिए। यसको जानकारी तूफान प्रभावित उडिसा र बंगाल सरकारहरूलाई दिइएको थियो। नवीन पटनायक प्रधानमन्त्रीसँग फानीबाट उत्पन्न स्थितिमाथि चर्चा गर्नको साथै यसबाट भएको नोकसान र केन्द्रको मद्दत सम्बन्धी एक रिपोर्ट पनि प्रधानमन्त्रीलाई सुम्पे। शनिबार फानीले जब पश्‍चिम बंगालमा प्रवेश गरेको थियो तब स्थिति जान्नको निम्ति प्रधानमन्त्रीले राज्यपाल केसरीनाथ त्रिपाठीसित कुराकानी गरेका थिए। तृणमूल कङ्ग्रेसले यसलाई मुद्दा बनाउँदै भनेको थियो, प्रधानमन्त्रीले संघीय ढाँचाको सम्मान गर्दैनन्। उनले ममता ब्यानर्जीसित कुरा गर्नुपर्थ्यो। त्यसैको परिणाम स्वरूप सोमबार चक्रवातलाई लिएर राज्यमा प्रधानमन्त्रीको भएको बैठकमा पनि ममता ब्यानर्जी सामेल भइनन्।-हिस/भवानी

Related posts

Leave a Comment