प्रधानमन्त्रीमाथि आरोप लगाउनेलाई जनताले जवाफ दिएका छन्ः दिलीप घोष

Font Size
69 Total Views

कोलकाता, 4 जून।
भारती जनता पार्टी (भाजपा) का पश्‍चिम बंगाल एकाईका अध्यक्ष दिलीप घोषले मंगलबार मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गरेका छन्। कोलकाताको महाराष्ट्र भवनमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै मेदनीपुरका नवनिर्वाचित सांसद घोषले भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपालाई उखेलेर फ्याँक्नको निम्ति चिच्याइरहेकी छिन् तर परिणाम यसको ठीक उल्टो भयो। ममता आफू त डुबिन् तर आफ्नो साथमा जो पनि आयो उसलाई पनि डुबाइन्।’ उनले चन्द्रबाबू नायडूको उदाहरण दिँदै भने, ‘उनले आफ्नो सरकार पनि गुमाउनु पर्यो र आज मान मर्यादा सबै कुरा गुमाएर मौन बसेकी छन्।’ ममताको सीट कम हुनलाई लिएर उनले कटाक्ष गर्दै भने, ‘जुन नेताले प्रधानमन्त्रीमाथि आरोप लगाउने गर्थे आज जनताले उनीहरूलाई जवाफ दिएका छन्। उनले हार स्वीकार गरेर जनादेशलाई स्वीकार गर्नुपर्छ।’
उल्लेख्य, सोमबार सचिवालयमा मीडियासित कुराकानी गर्दै मुख्यमन्त्री ममताले भनेकी थिइन्, ‘ईभीएमले गराइएको चुनाउ जनादेश होइन। म यसलाई मान्दिन।’ उनले लोकतन्त्र बचाउन आह्वान गर्दै सबै विपक्षी पार्टीहरूका नेताहरूसित एकजुट भएर देशमा हुने आगामी चुनाउ बेलेट पेपरको माध्यमले गराउने माग गरेकी छन्। यसमा कटाक्ष गर्दै दिलीपले भने, ‘बेलेट पेपरको माध्यमले के मुख्यमन्त्री पश्‍चिम बंगाललाई बचाउनेछिन्? मानिसहरू ममतादेखि टाढा भएका छन्। उनले अब यो कुरा स्वीकार गर्नुपर्छ। पराजयको जिम्मा ईभीएममाथि लाँद्न खोज्दा कुनै लाभ छैन।
ममता राजमा पश्‍चिम बंगालमा दिनहुँ लोकतन्त्रको हत्या हुन्छ। भाजपाका अनगन्ती कार्यकर्ताहरूको हत्या गरियो तर ममतालाई अलकति पनि फरक परेन औं चुनाउमा पराजित हुँदा उनलाई लोकतन्त्रको याद आइरहेछन्।’ घोषको साथै पार्टीका वरिष्ठ नेता मुकुल रोयले पनि ममतामाथि हमला गरे। पश्‍चिम बंगालमा ममता ब्यानर्जीको पराजयको उल्लेख गर्दै उनले भने, ‘जुन ईभीएमको माध्यमले ममताले 2014 मा 34 सीट जितेकी थिइन् र 2011 मा नयाँ सरकार बनेको थियो तब ईभीएम ठीक थियो र आज उनलाई खराब लागिरहेछ किनभने जनता उनीविरुद्ध भएका छन्। 2021 मा अझ अधिक खराब लाग्नेछ किनभने उनको सरकार सत्तादेखि जान लागेको छ।-हिस/भवानी

Related posts

Leave a Comment