पश्‍चिम सिक्किम साहित्य प्रकाशनद्वारा नेपाली भाषा मान्यता दिवस पालन

Font Size
31 Total Views

केएन शर्मा
गेजिङ, 20 अगस्त।
27औं नेपाली भाषा मान्यता दिवस गेजिङस्थित सामुदायिक भवनमा विभिन्न कार्यक्रमबीच मनाइएको छ। पश्‍चिम सिक्किम साहित्य प्रकाशनको आयोजनामा पालन गरिएको यस कार्यक्रममा सिक्किम सरकारका प्रशासनिक सल्लाहकार एमपी सुब्बा मुख्य अतिथि रहेका थिए। कार्यक्रममा पश्‍चिम जिल्लापाल कर्मा आर बङ्पो, सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ, वरिष्ठ साहित्यकार केदार गुरुङ, अन्य वरिष्ठ साहित्यकार लगायत नेपाली भाषाप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार एवं उपन्यासकार कालेबुङ निवासी भगिरथ रावतद्वारा लिखित पुस्तक माटोको माया, लेप्टप, बाँस सक्किन्दै थियो, जस्ता अन्य विभिन्न कथा कविताको मुख्य अतिथिको बाहुलीबाट बिमोचन गरियो। आजको यस समारोहमा पश्‍चिम सिक्किम साहित्य प्रकाशनले आजका अभिनन्दित व्यक्ति एवं कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ उपन्यासकार भगिरथ रावतलाई नेपाली भाषा मान्यता दिवस समारोह समितिले नगद 50 हजारसहित अभिनन्दन पत्रद्वारा दोसल्ला ओडाएर अभिनन्दन जनाएको थियो। प्रकाशनका स्रष्ठा गोबरधन बास्तोलाले स्वागत सम्बोधन राखेको कार्यक्रममा नेपाली भाषाको कार्यपत्र युवा साहित्यकार केएन शर्माले प्रस्तुत गरेका थिए।

Related posts

Leave a Comment