पवन चामलिङ दुवै निर्वाचन क्षेत्रबाट विजयी

Font Size
86 Total Views

गान्तोक, 23 मई।
मुख्यमन्त्री तथा सत्ताधारी सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-पार्टीका अध्यक्ष पवन चामलिङ दक्षिण सिक्किमको दुवै निर्वाचन क्षेत्रबाट विजयी बनेका छन्। उनी पोकलोक कामराङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा मुख्यमन्त्री केवल 377 भोटको अन्तरले विजयी बनेका छन्। उनले कूल 5054 भोट प्राप्त गरेका छन्। अर्कातिर, उनको निकटतम प्रतिद्वन्दी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका उम्मेद्वार गणेश राईले 4677 भोट प्राप्त गरेका छन्। यसैगरि, पोकलोक कामराङ निर्वाचन क्षेत्रमा मुख्यमन्त्री चामलिङले 7731 भोट प्राप्त गरेका छन्। यसैगरि, उनको निकटम प्रतिद्वन्दी एसकेएम पार्टीका उम्मेद्वार केबी राईले 4832 भोट प्राप्त गरेका छन्।-हिस/विशाल

 

Related posts

Leave a Comment