पवन चामलिङका महाभूल?!-7

Font Size
8 Total Views

चामलिङले सिद्धान्तको राजनीति गरे। सधैं सैद्धान्तिक हुनुपर्छ राजनीति भने। नीति, सिद्धान्तको आधारमा गरिने राजनीति नै सच्चा, पक्का र टिकाउ राजनीति हुन्छ भन्ने विश्वासि गरे।
उनले प्रजातान्त्रिक समाजवादको मूल सिद्धान्तलाई अँगालेर राजनीति गरे। धर्म निरपेक्षतालाई व्यवहारिक रूप दिए। न्यायको बाटोलाई अप्नाए्। समानताको नीतिलाई पक्रिए। अन्याय, अत्याचार, असमानताको खिलापमा उभिए। सबैभन्दा गरीब र कमजोर वर्गलाई न्यायो आश्रय र सहारा दिए्। उनीहरूलाई सबै मानवोचित अधिकार र हक दिने भरमग्दूर चेष्टा गरे, उनीहरूको कल्याण र भलाई गर्ने हर्दम चेष्टा गरे। आम जनताको जीवनमा खुशी र समृद्धि ल्याउने चेष्टा गरे।
चामलिङले देश, राज्य र जाति कसैका विरुद्ध काम गरेनन्। जनताका दुश्मनहरूसँग सुलह र सम्झौता पनि गरेनन्। जनताका हितहरूको विरुद्ध काम गर्ने व्यक्ति वा शक्ति कसैसित झुकेनन्। त्यसैले उनी सरल र सुमग बाटो हिँडेनन्। संघर्ष र चुनौतिलाई स्वीकार गरे। सिद्धान्तको मार्गमा आउने अडचन र बाधाहरूसँग निरन्तर पौंठेजोरी गरे। आज पनि गर्दैछन्।
शासन-सत्ताका दुई बाटाहरू हुन्छन्। एउटा सुविधाको बाटो अनि अर्को संघर्षको। सत्ता वा शासनलाई आफ्नो सहजता अनुकूल सञ्चालन गरेर स्वहितमा अर्थात आफ्नो स्वार्थमा प्रयोग गर्ने अघिल्लो बाटो हो भने, जनताका हक अधिकारको सुरक्षा-संवर्द्धनको निम्ति संघर्ष गर्ने अर्को बाटो हो। किनभने आफ्नो नीति र सिद्धान्तमा अचल-अडिग भएर राजनीति गर्नु सहज छैन। पवन चामलिङ यही पछिल्लो बाटाका बटुवा हुन्।
सत्ता भन्नासाथ तर प्रायशः अघिल्लो बाटोलाई बुझ्ने गरिन्छ्। सत्तामा बस्नु, शक्तिको प्रयोग गर्नु, जनताको हक-हित होइन, आफ्नो भण्डार भर्नु, अरूको हालतप्रति उदासीन रहनु, समग्रमा सत्तालाई दुरूपयोग गरेर आफ्नो स्वार्थसिद्धि गर्नुलाई नै राजनीति वा सत्ता भनेर बुझ्ने गरिएको छ्। तर यो एउटा पाटा मात्र हो राजनीतिको। राजनीति साँचो अर्थमा त्यो होइन। त्यो राजनीतिमा देखा परेको विकृति हो। वास्तवमा राजनीति सैद्धान्तिक हुनैपर्छ्। जता मल्खु उता ढल्कुहरू राजनीतिक नेता होइनन्, उनीहरू घोर अवसरवादीहरू हुन्। त्यस्ताहरूले जनतालाई कदम-कदममा धोका दिन्छन् र खाल्डोमा जाँकिराख्छन्। सुविधा र आफ्नो स्वार्थको राजनीति गर्नेहरू सैद्धान्तिक होइनन्, मतलबीहरू हुन्। त्यसैले चामलिङ यस बाटोबाट राजनीतिमा कहिल्यै हिँडेनन्। एक्लै विपक्षी बनेर पनि तत्कालिन सत्तासँग लडे। सम्झौताको बाटो रोजेका भए उनले त्यो कठिनाइँपूर्ण संघर्ष गर्नु पर्दैन्थ्यो। सत्ताको तर् खाइरहने मौका थियो, तर त्यो उनको बाटो थिएन। उनको सरकारमाथि पनि बेला-बेलामा त्यसैकारणले सङ्कटहरू आइरहे। राज्यमा ओबीसी लागू गर्दा होस् अथवा लिम्बू-तामाङलाई ट्राइबलको मान्यता दिलाउँदा होस्- उनलाई मिन्तोगाङ छोड्नुपर्ने धम्कीहरू आएका हुन्। तर सम्बन्धित समूहहरूलाई न्याय दिलाउने उनको सैद्धान्तिक प्रतिवद्धतालाई उनले कदापि छोडेनन्। उनले जाति फुटाएको अभियोग पनि सहे, तर हर जाति समूहले पाउनुपर्ने उनीहरूको अधिकार दिलाउन कस्तै धम्की र खतरालाई पनि उनले वास्ता गरेनन्। त्यसैले इतिहासमा उनको स्थान उच्च छ, उच्चै रहनेछ।
उनले साथमा, करुणा, प्रेम र संवेदनाले शासन चलाए्। सत्ताको मत उनको दिमाग, मन, हातमा कतै चढेन।

Related posts

Leave a Comment