परिवर्तन अनि जन अपेक्षा

Font Size
38 Total Views

सिक्किममा व्यवस्था परिवर्तनको नाराले सरकार परिवर्तन भएको छ। एसकेएम पार्टीले परिवर्तनको नारा लिएर जनतामा गएको थियो भने जनताले पनि परिवर्तनको पक्षमा उभिएर राज्यको बागडोर एसकेएम पार्टीलाई सुम्पिएको छ। एसडीएफ पार्टीले शान्ति, सुरक्षा अनि विकासको मूलमन्त्र लिएको थियो भने एसकेएम पार्टीले परिवर्तनलाई आफ्नो चुनावी मूलमन्त्र बनाएको थियो। सरकार बनाउन मात्र सफल बनेको एसकेएम पार्टीले परिवर्तनको जनाकांक्षालाई कतिसम्म सम्बोधन गर्नसक्छ, यो भविष्यको गर्भमा रहेको छ। पार्टीले आफ्नो चुनाउ घोषणा पत्रमा जुनप्रकारले घोषणाहरू गरेको छ, यसलाई पूरा गर्न निक्कै कडा परिश्रम गर्नुपर्ने छ।
अर्कातिर, विपक्षीको दह्रो भूमिका निर्वाह गर्ने सोचमा एसडीएफ पार्टी रहेको छ। प्रेमसिंह तामाङको नेतृत्वमा गठित राज्यको नयाँ सरकारलाई निक्कै ठूलो चुनौतीहरू रहेका छन् भने अर्कातिर विपक्षी पार्टी एसडीएफसित लामो समयसम्म सरकार चलाएको अनुभव पनि रहेको छ। एसकेएम पार्टीले राज्यको शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण, वेरोजगारीमाथि जुन विषयहरू घोषणा गरेको छ, यसलाई पूरा गर्न एसकेएम सरकारले कुन मार्ग अप्नाउने हो, जनता उत्सुक छन्। राज्यमा शान्ति सुरक्षा कायम गर्दै विकासलाई पनि प्राथमिकता दिनुछ अनि त्यसमाथि व्यवस्था परिवर्तन गर्न निक्कै कसरत गर्नुपर्ने हुन्छ।
यसरी नै राज्यवासीमा पुरानो सरकारले शुरू गरेको योजनाहरूलाई निरन्तरता पाउँछन् की पाउँदैनन् भन्ने जिज्ञासा पनि उत्तिकै छ। मुख्यमन्त्री ग्रामीण आवास योजना, मुख्यमन्त्री मेधावी छात्रावृत्ति योजना, वृद्धा भत्तामा अभिसरन, झाँक्रीहरूको भत्ता, विधुवा अनि सुत्केरी भत्ता, पर्यावरण संरक्षणको क्षेत्र, जैविक खेती, स्वास्थ्य क्षेत्रमा शुरू भएका योजनाहरूले निरन्तरता पाउने नपाउने भन्ने जिज्ञासा जनतामा हुन स्वभाविक हो। यस्ता जनकल्याणकारी योजनाले निरन्तरता पाएनन् भने जनता परिवर्तनको पक्ष उभिएको सफल होलान भन्ने ठूलो प्रश्‍नचिन्ह जनतामा रहेको छ। किनभने जनताले पाउने भनेको अवसर अनि सुविधा हो। यसको जनतामा अपेक्षा हुनु स्वभाविक हो।
विगत 25 वर्षमा पुरानो एसडीएफ सरकारले जनकल्याणको लागि शुरू गरेका योजना अनि कार्यक्रमहरू विश्‍वजनिन् बनेका छन्। नयाँ सरकारले यस्ता योजनाहरूलाई अझ सशक्त बनाउने अथवा नयाँ सोच अनि तक्निकबाट अघि लाने निर्णय सरकारमै रहेको छ। जनताले परिवर्तनको पक्षमा उभिएर ठूलो आस्थाको साथमा एसकेएम पार्टीलाई सरकारमा पुर्याएको छ। जनताको अपेक्षा अनि अभावमाथि नयाँ सरकारले कुन तक्निकले काम गर्ने छ, यो पनि मूल्याङ्कन योग्य विषय बनेको छ। यसै त कार्यक्रम र योजनाको कमी एसकेएम पार्टीको चुनावी घोषणा पत्रमा छैन। जनताले त्योमाथि ठूलो आस्था राखेका छन्। यसका साथै पुराना जनकल्याणकारी योजना अनि कार्यक्रम निरन्तर रहोस् भन्ने जनइच्छा रहेको छ।

Related posts

Leave a Comment