नेपाली संस्कृति परिषदको कार्यकारी समितिद्वारा राज्यपालसित शिष्टाचार भेटे

Font Size
51 Total Views

गान्तोक, 12 जून।
नेपाली संस्कृति परिषद, सिक्किम एकाइको नवगठित कार्यकारी समितिका सदस्यहरूले बुधबार राजभवनमा राज्यपाल गंगा प्रसादलाई भेटे। सिक्किम एकाइका अध्यक्ष अनन्त भण्डारीको नेतृत्वमा गएको टोलीले राज्यपाललाई परिषदको गतिविधिहरूबारे अवगत गरायो। अध्यक्ष भण्डारीले परिषदको उद्देश्य राज्यमा नेपाली समुदायको पहिचान अनि सांस्कृतिक संस्कार संरक्षण गर्नु रहेको बताए। राज्यपाल प्रसादले परिषदका सदस्यहरूलाई शुभकामना दिँदै विविध संस्कृति एवं परम्पराबीच आपसी सम्मानमा आधारित सामञ्जस्यपूर्ण समाज निर्माणको निम्ति युवा पुस्तालाई पनि संलग्न गर्ने आह्वान गरे। भारतको पहिचान विशिष्ट सांस्कृतिक विविधतामा रहेको बताउँदै राज्यपालले सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने तथा सशक्त अनि जीवन्त राष्ट्रको निम्ति यसको पहिचानलाई संरक्षण गर्ने आह्वान गरे।-हिस/विशाल

Related posts

Leave a Comment