धावक सुब्बा मुम्बई म्याराथनमा भाग लिन प्रस्थान

Font Size
11 Total Views

गान्तोक, 10 जून।
सिक्किमका युवा धावक शिवहाङ सुब्बा 12 घण्टे मुम्बई म्याराथनको लागि प्रस्थान भएका छन्। धावक सुब्बाले यसभन्दा अघि देशका विभिन्न महानगरमा आयोजित म्याराथनमा राम्रो प्रदर्शन गरिसकेका छन्। गत वर्ष दिल्लीमा आयोजित 12 घण्टे म्याराथनमा उनले दोस्रो स्थान हासिल गरेका थिए। उनले 12 घण्टामा 118 किलोमिटरको दुरी पूरा गरेका थिए। त्यसरी नै बङ्लोरमा आयोजित यस्तै प्रतियोगितामा 107 किलोमिटर कुदेका थिए। आगामी 15 जूनको दिन मुम्बईमा हुने उक्त प्रतियोगिता पूराना दुवै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाउने दाबी उनले गरे। पश्चिम सिक्किमका बासिन्दा धावक सुब्बाले सिक्किम र दार्जीलिङमा आयोजित म्याराथनमा निकै राम्रो प्रदर्शनी गरेका थिए। म्याराथनम्यान अमर सुब्बाको प्रशिक्षणमा उनले क्षेत्रीय र राष्ट्रियस्तरको प्रतियोगितामा पदक हासिल गरिसकेको छ्। मुम्बई प्रस्थान हुनअघि उनले यसपालिको प्रतियोगिता निकै चुनौतिपूर्ण रहने र त्यसको लागि निकै तयारी गरेको बताए। एनएबी स्पोर्ट्सले आयोजन गरेको उक्त म्याराथन प्रतियोगितामा देशका विभिन्न प्रान्तका धावकहरूले भाग लिनेछन्।-हिस/विशाल

Related posts

Leave a Comment