दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न

Font Size
131 Total Views

मगन, 18 मार्च।
आगामी 11 अप्रेलको दिन सम्पन्न हुने राज्य विधानसभा र लोकसभा चुनाउका लागि उत्तर जिल्लाका विभिन्न चुनाउ अधिकारीहरूको दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। उत्तर जिल्लाको जिल्ला प्रशासनिक केन्द्रस्थित सम्मेलन कक्षमा सञ्चालन गरिएको यो प्रशिक्षण कार्यक्रम सेक्टर मेजिस्ट्रेट, सेक्टर पुलिस अधिकारी, सहायक चुनाउ खर्च पर्यावेक्षक, फ्लाइङ स्क्वाइड टोली, स्टाटिक सर्विलेन्स टोली, भीडियो सर्विलेन्स तथा भीडियो भ्युविङ टोली र लेखा टोलीलाई लिएर आयोजना गरिएको थियो। यो प्रशिक्षण कार्यक्रम चुनाउ खर्च पर्यावेक्षक रवि पटेलको उपस्थितिमा आयोजना गरिएको थियो। यसमा जिल्ला निर्वाचन अधिकारी राज के यादव, पुलिस अधिक्षक, राष्ट्रियस्तरका गुरू प्रशिक्षकलगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment