दुईवटा नव निर्मित घर उद्घाटित

Font Size
57 Total Views

गेजिङ, 12 जून।
पश्‍चिम जिल्लाको सोरेङ च्याखुङ समष्टिअन्तर्गत कर्थोक बोजेक ग्राम पञ्चायत एकाइमा निर्माण कार्य पूरा भएको दुईवटा मुख्यमन्त्री ग्रामीण आवास योजनाको घरको विधिवत उद्घाटन आज स्थानीय पञ्चायत सभापति डम्बरकुमार प्रधानको बाहुलीबाट गरिएको छ। सीएमआरएचएम पहिलो चरणको यसै गृह उद्घाटन गरी लाभार्थी आइतमाया सुब्बा अनि कर्थोक निवासी निम लामो शेर्पाको नयाँ घर आजदेखि लाभार्थीलाई हस्तान्तरण गरिएको छ। यसै नव निर्मित गृह उद्घाटन कार्यक्रममा ग्राम विकास केन्द्र सोरेङका अधिकारीगण, अभियान्ता साथै अन्यको पनि उपस्थिति रहेको थियो।
स्मरण रहोस्, चुनाउ पछि यो पहिलो कार्यक्रम हो जो सरकारी सहुलियतको रूपमा जनतालाई लाखौं रूपियाको घर निर्माण गरेर गृह प्रवेश गराइएको छ।
चुनाउ अघि हजारौं सख्यमा जनताले यस्तो सहुलियत विभिन्न समष्टिमा प्राप्त गरेका छन्। कतिपय निर्माण अवस्थामा रहेका छन् भने कति उद्घाटन गरिन पर्ने अवस्थामा छन्।

Related posts

Leave a Comment