दार्जीलिङमा सिक्किमेली चेस खेलाडीको उत्कृष्ट प्रदर्शन

Font Size
33 Total Views

गान्तोक, 26 जून।
सिक्किम चेस एसोसिएशन (एससीए)-का खेलाडीहरूले दार्जीलिङमा आयोजना भएको पहिलो उमेर समूह तथा देशराज मित्तल स्मारक खुल्ला चेस प्रतियोगिता 2019-मा सहभागिता जनाए। यस प्रतियोगितामा सिक्किमेली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो, दोस्रो अनि तेस्रो दर्जामा आउन सफल रहे। दार्जीलिङ गोर्खा हिल चेस एसोसिएशनले 22 र 23 जूनको दिन आयोजना गरेको यो प्रतियोगितामा 30 सदस्यीय सिक्किमेली टोलीले सहभागिता जनाएको थियो।
यसमा सिक्किममा राहुल गुरुङ प्रतियोगिताका च्याम्पियन बने भने रोहित गुरुङ देस्रो र थेण्डुप तामाङ तेस्रो स्थानमा आउन सफल बने। सिक्किमेली खेलाडी पुष्प गुरुङ प्रतियोगिताको 18औं स्थानमा रहिन्। उमेर समूह वर्गमा पनि सिक्किमका खेलाडीले पुरस्कार जित्न सफल रहे। यो प्रतियोगितामा दार्जीलिङ, कालेबुङ, सिलगढी, जलपाइगढी, कुच बिहार, कोलकाता र सिक्किमका गरी कूल 150 खेलाडीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालद्वारा हिमाली क्षेत्रमा चेस खेल खेललाई बढावा दिनसितै विकासीय कार्य गरेकोमा प्रशंसा गर्दै आयोजक समितेल अभिनन्दन जनायो।

Related posts

Leave a Comment