दार्जीलिङमा पुलिस राज चलिरहेको छः मुकुल रोय

Font Size
63 Total Views

कालेबुङ, 8 जून।
आज दार्जीलिङका 17 नगरपार्षदहरू भाजपामा सामेल भएलगत्तै दार्जीलिङ नगरपालिका अब भाजपाको कब्जामा रहेको मुकुल रोयले दावी गरेका छन्। रोयले दार्जीलिङ नगरपालिकामा भाजपा बहुसंख्यक बनेको बताउँदै ममता ब्यानर्जीले दार्जीलिङमा पुलिस राज चलाइरहेको बताए। ‘ममताको सरकारले पुलिस लगाएर दार्जीलिङमा आतङ्क मच्चाइरहेको छ। त्यहाँ पुलिस राज चलाइरहेको छ। केही दिनमा नै कैलास विजय वर्गीयको उपस्थितिमा भाजपाले दार्जीलिङमा विराट प्रदर्शनी गर्नेछ,’ रोयले भने, ‘विधानसभा चुनाउपछि बंगालमा ममता विपक्ष बन्नेछ।’ यता दार्जीलिङका सांसद राजु विष्टले आफ्नो क्षेत्रका अत्याचारहरू मीडियसित राखे। ‘मेनस्ट्रीमका मिडिया दार्जीलिङ जान अनिवार्य छ। त्यहाँ भएको अत्याचार भारतभरि उजागार गर्न अनिवार्य छ। दार्जीलिङमा पुलिसको आतङ्क जारी छ। हिजो पनि एक महिलालाई पक्राउ गरियो,’ उनले भने, ‘जुन कुरा दार्जीलिङमा राख्न सकिन्थ्यो, त्यो बताउन दार्जीलिङका 17 पार्षदलाई दिल्ली आउनु पर्यो। यसैबाट बुझ्नुहोस्, दार्जीलिङको अवस्था कस्तो होला।’ उनले दार्जीलिङले 20 हजार करोडभन्दा धेर राजस्व बंगाललाई दिने अनि बंगालकै कूल बजेट वार्षीक 85 हजार करोड रहेको जनाउँदै भने, ‘तरै पनि दार्जीलिङमा सबैभन्दा धेर अत्याचार छ। चुनाउको बेला म दार्जीलिङ गएको थियो। त्यस समय मैले जुन अत्याचार देखें, त्यो अझ त्यति कै छ।’ यसैबीच उनले मोर्चाका प्रवक्ता बीपी बजगाईंको पक्राउको सन्दर्भ पनि झिके। ‘29 मईको दिन हाम्रो गठबन्धन पार्टीका प्रवक्ता बीपी बजगाईंलाई पनि पक्रियो,’ उनले भने, ‘अचम्म त के छ भने उनलाई आर्म्स एक्ट, एटेम टु मर्डरजस्ता मुद्दा लगाइएको छ। जबकी बजगाईं निर्दोष छन्। त्यही धारा महिलाहरूमाथि पनि लगाइएको छ। म आफैले एसपी, आइजीलाई फोन गरिसकें। तर रेस्पोन्स गर्दैनन्। उनीहरूलाई दिदीको निर्देश छ, ताकी जति अत्याचार दार्जीलिङमा गरियो त्यति नै नर्थ बेङ्गालमा समर्थन पाइनेछ। यो त अन्याय हो। हामी शीघ्र नै दार्जीलिङमा रङ बद्लिदिन्छौं। यो त नमूना मात्र हो।’ उनले दार्जीलिङको जनमत भाजपा, गोरामुमो र गोजमुमोसित रहेको दाबी गर्दै भने, ‘जीटीएमा इलेक्टेड होइन सेलेक्टेड मान्छे छन्। दिदीले राखेका। उनीहरूले नैतिकताको आधारमा राजीनामा दिइनुपर्छ। किनभने उनीहरू त्यहीँ बसेर जनतालाई अत्याचार गर्दैछन्। जीटीएमा राज्य र केन्द्र गरेर वार्षीक 6 सय करोड रुपियाँ जान्छ, सबैमा धाँधली छ। त्यसबारे पनि अडिट होस्।’ यता विजयवर्गीयले पनि आफूहरूले बङ्गालमा 18 सीट जितेलगत्तै ममता ब्यानर्जीको व्यवहार असामन्य बनेको ठहर गरे। ‘प्रधानमन्त्री, सुप्रिम कोर्ट, चुनाउ आयोग, नीति आयोग होस् कुनैलाई पनि उनी मान्न तयार छैनन्,’ उनले भने, ‘हिजो त तुगलघीय फर्मान पनि गरिन्। भाजपाले बंगालमा कुनै विजय उत्सव गर्न नपाउने भनेका छन्। गणतन्त्रमा जनतालाई आभार व्यक्त गर्ने परम्परा छ, त्यसमा पनि रोक लगाएकी छन्। धन्यवाद कार्यक्रम गर्दा लाठी चार्ज भइरहेको छ। सरकार अप्रजातान्त्रिक कार्यको विरोध गर्छु।’

Related posts

Leave a Comment