तीन महिनाव्यापी कृषि क्षमता विकास कार्यक्रमको समापन

Font Size
186 Total Views

नामथाङ, 26 अप्रेल।
नामथाङ रातेपानी समष्टिअन्तर्गत करेक जीपीयूमा आयोजित तीन महिनाव्यापी कृषि क्षमता विकास कार्यक्रम गत 24 अप्रेलको दिन समापन भएको छ। यो कार्यक्रम 24 दिसम्बर 2018 -देखि स्थानीय अमरदीप क्लब करेकले नेहरू युवा केन्द्र नाम्चीको सहयोगमा आयोजना गरेको थियो। प्रशिक्षणमा विशेष गरी च्याउ खेती, मौरी पालन, जडीबुटी, बागवानी, पुष्प खेती, भर्मीकल्चर र सागसब्जी खेती विषयमा कृषकहरूलाई ज्ञान प्रदान गरिएको छ।
समापन कार्यक्रममा पञ्चायत सभापति छिरिङमित लेप्चा, पञ्चायतगण, ग्राम प्रशासन केन्द्रका कर्मचारी, अमर दीप क्लबका सभापति सोमबहादुर राई, क्लबका सदस्यवर्गसहित नेहरू युवा केन्द्रका सुयोग प्रधान, मिलन सुब्बा, एसएचजीका सदस्य र प्रशिक्षार्थीहरू उपस्थित थिए। समापन कार्यक्रमलाई सुयोग प्रधान र सोमबहादुर राईले पनि सम्बोधन गरेका थिए। सफलतापूर्वक प्रशिक्षण पूरा गर्नेहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ।

Related posts

Leave a Comment