ताइक्वाण्डोः साटाको बेल्ट पदोन्नति परीक्षा

Font Size
40 Total Views

गान्तोक, 23 मार्च।
राजधानी नजिक वाइट हलस्थित एमसीएम दोजाङमा ब्ल्याक बेल्ट दानको पदोन्नती परीक्षा गत 17 मार्चमा सम्पन्न भयो। ताइक्वान्दो फेडेरेशन अफ् इण्डियाको तत्वावधानमा सिक्किम एमेच्यर ताइक्वाण्दो एसोसिएशन (साटा)-ले यो परीक्षा आयोजन गरेको थियो। फेडेरेशनले यस परीक्षाको निम्ति सातौं दान ब्ल्याक बेल्ट मास्टर त्रिलोक सुब्बालाई यसको मुख्य परीक्षक नियुक्त गरेको थियो। यसरी नै परीक्षाको निम्ति सह परीक्षक चौथो दान ब्ल्याक बेल्ट मास्टर राजेन सुब्बा रहेका थिए भने परीक्षा सञ्चालन गर्ने सञ्जय सुब्बा, गंगा प्रधान, पेम्पा डोमा तामाङ र सरोज गुरुङ सह सञ्चालक रहेका थिए।
यस परीक्षामा राज्यका चारै जिल्लाबाट जम्मा 25 जना प्रशिक्षणार्थीहरूले प्रथम र दोस्रो दान ब्ल्याक बेल्टको निम्ती परीक्षा दिएका थिए। पदोन्नति हुने प्रशिक्षणार्थीहरूलाई दुई तीन महिनाभित्रमा ताइक्वान्दो मुख्यालय (कुकीवन) दक्षिण कोरियाबाट दान प्रणाम-पत्र प्रदान गरिने जानकारी गराइएको छ। परीक्षाबाट प्रशिक्षणार्थीहरू सुनिल कुमार लिम्बु, अलिसा के राई, अद्वेती सुब्बा, पेगिला भोटिया, जिग्देल जाङ्पो भोटिया दोस्रो दान/पुम ब्ल्याक बेल्टको निम्ति पदोन्नती भएको छ। यस्तै प्रकारले अनिता सुब्बा, चन्द्र हाङ लिम्बू, अभिनव राई, प्रकाश काफ्ले, सन्तोष सिङ्गा, स्रोन गुरुङ, सुभम राई, अस्मृतिका, तेजलाल सिंह, मन्दिरा छेत्री, राम कुमार छेत्री, पारास राई, राजा राई, अलिशा गुरुङ, अञ्जिलीना राई, कृतिका प्रधान, सोनाली कुमारी बर्मा, सनमाया तामाङ, अनुश्का सुब्बा र छितिज प्रधान प्रथम दान/पुम ब्ल्याक बेल्टको निम्ति पदोन्नती भएको जानकारी साटाका सह प्रमुख प्रशिक्षक चौथो दान राजेन सुब्बाले दिएका छन्।

Related posts

Leave a Comment