डीआरडीओ-द्वारा सफलतापूर्वक ‘अभ्यास’ उडानको परीक्षण

Font Size
94 Total Views

नयाँ दिल्ली, 14 मई।
रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डीआरडीओ)-ले आज उडिसास्थित चाँदीपुरको एकीकृत परीक्षण केन्द्रबाट ‘अभ्यास’- हाई स्पीड एक्सपेन्डबल एरियल टार्गेट (हीट) उडानको सफलतापूर्वक परीक्षण गर्यो। यस उडानलाई विभिन्न रडार अनि इलेक्ट्रो अपटिक प्रणालीमार्फत निगरानी गरियो अनि यसले स्वतः दिशा निर्धारित गर्ने आफ्नो प्रदर्शनलाई प्रमाणित गरेको छ। अभ्यास-ले एउटा सानो ग्यास टर्बाइन इञ्जिनमा काम गर्छ। यसले आफ्नो नेभिगेसन र दिशा निर्देशनका लागि स्वदेशमा विकसित गरिएको एमईएमएस आधारित नेभिगेसन प्रणालीलाई उपयोग गर्छ। यो एउटा उत्कृष्ट एयर क्राफ्ट हो। यसलाई नवीन तक्निकीको एउटा उदाहरण मानिएको छ भने यसले देशको रक्षा प्रणालीलाई अझ दह्रिलो बनाउनेछ।

Related posts

Leave a Comment