जैविक खेतीका सर्जक : गौरी नारायण प्रधान

Font Size
144 Total Views

भानुराज थापा
रिनाक, 1 जुलाई।
जहाँ इच्छा त्यहाँ उपाय झैं मेहनती अनि परिश्रमीका निम्ति जैविक खेती ढुङ्गामाथि पनि फलाउन र फुलाउनु सक्ने एक सर्जक हुन् गौरी नारायण प्रधान। पूर्व सिक्किमको आरीटार किङ्स्टोन वार्डका एक प्रगतिशील कृषक प्रधानले फलफूल फलाउने आधुनिक तक्निकी योजनाअन्तर्गत जैविक खेती हिमाली राज्य सिक्किममा उदाहरणको रुपमा गरेको देख्न पाइन्छ। गत 22 फरवरी, 2019 मा छुजाचेन क्षेत्रका पूर्व विधायक विक्रम प्रधानलगायत सम्बन्धित बागवानी विभाग, कृषि विकास विभागका अधिकारीहरूका मार्गदर्शन तथा दिशा निर्देशनमा एक ठूलो चप्लेटी ढुङ्गामाथि पनि फलफूल फलाउन सकिने जस्ता योजनालाई साकार रुप दिँदै गौरी नारायणले जमीनमा प्रारम्भ गरिएको थियो। उनको सोच, परिश्रम व्यर्थ गएन, आज उनका मेहनती हातहरूले विभिन्न सब्जी-फल फलाउन सफल भए। सिक्किम जैविक उत्पादनमा निकै ख्याती प्राप्त गर्ने एक कृषक गौरी नारायण प्रधानले जैविक दिवस समारोह अनि कृषि उन्नति मेला 18 जनवरी, 2019-मा सफलता पूर्वक भाग लिए अनि गान्तोक मनन् भवनमा सिक्किम सरकारद्वारा सम्मानित हुनेमा उनी एक पूर्व जिल्लाबाट एकमात्र थिए। सम्बन्धित सरकारद्वारा हरपल उनीलाई यथावत सहयोग, सुझाउ र उचित परामर्श रहे, 55 वर्षको उमेरमा पनि एक उदाहरणीय खेतीवालाको रुपमा रही रहने अझ स्थापित हुन सक्ने र सृजनशील सोचद्वारा जैविक खेतीमा वर्तमान साथै भावी पुस्तालाई समेत मार्गनिर्देशन गर्न सकिने गौरी नारायणको विचार छ।
उनले आफ्नो जैविक सागसब्जी संगै आयुर्वेदिक औषधी, जरीबुटीहरूका पौदाहरू पनि आफ्ना बारीमा लगाएको बताए, जो अहिले निकै हुर्कि सकेका छन्। उनले वर्तमान सरकारसहित सम्बन्धित विभागबाट कुनै योजनाको माध्यमद्वारा आफूलाई थप हौसला प्राप्त भए, आफ्नो जोश, जाँगर अझ बढ्ने र जैविकमा प्रेरणा र उत्साह बढेर जाने उनले अपेक्षा राखेका छन्।

Related posts

Leave a Comment