जेभीसी एफसी, मार्ताम-रुम्तेक गर्ल्स एफसी अनि मंगन एसएस विजयी

Font Size
73 Total Views

सिङ्ताम 9 अगस्त।
सिङ्ताम गोलीटार खेलमैदानमा आजको खुल्ला महिला फूटबल म्याच युवा जागरण समिति लोवर सिङ्लेबुङ अनि रुम्तेक-मार्ताम गर्ल्स एफसी बीच सम्पन्न भयो, जसमा 1-को विरुद्ध 2 गोल लगाएर रुम्तेक-मार्ताम गर्ल्स एफसी विजयी बनेर सेमीफाइनलमा प्रवेश गरेको छ। यसरी नै अन्तर्विद्यालय बोइज फूटबल टुर्नामेन्टको आजको म्याच मंगन एसएस एवं मिडल क्याम्प स्कूलबीच सम्पन्न भयो, जसमा 0-को विरुद्ध 2 गोल लगाएर मंगन एसएस विजयी बनेर सेमीफाइनलमा प्रवेश गर्न सक्षम बनेको छ।
आजको भव्य समारोहमा विद्युत विभागका डीई विनोद ढुङ्गेल मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा एफआई शरत तामाङ, सिक्किम बिहारी जागरण मञ्च सिङ्तामका अध्यक्ष दिलीप प्रसाद अनि सिङ्ताम नगर पञ्चायतकी उपसभापति विष्णुमाया शेर्पाको विशेष उपस्थिति रहेको थियो। खेलाडीहरूसित परिचय साटेपछि लक्षुमान प्रधान स्मारक फूटबल प्रतियोगिताको आजको क्वार्टर फाइनल जेभीसी फूटबल क्लब अनि स्टेट स्पोर्ट्स होस्टेल गान्तोकबीच भीडन्त भयो, जसमा 0-को विरुद्ध 4 गोल लगाएर जेभीसी फूटबल क्लब विजयी बनेर सेमीफाइनलमा जग्गा बनाउन सफल भएको छ। आजको समारोहमा आदर्श किसानको रुपमा नाम्थाङ-रातेपानी क्षेत्रको पाम्फोक निवासी 53 वर्षीय कृषक दिलबहादुर तामाङलाई सम्मानित गरियो।

Related posts

Leave a Comment