जीवित चौंरीहरूलाई भिटामिन र आहार खुवाउने कार्य

Font Size
110 Total Views

मरेकालाई व्यवस्थित गर्ने पहल

गान्तोक, 14 मई।
उत्तर सिक्किमको मुङ्गुथाङ, ल्हासार भेल्ली, गुरूदोङमार र छोलमु क्षेत्रमा जीवित रहेका चौंरी गाईलाई भिटामिन र आहार खुवाउने तथा मरेका चौंरीलाई व्यवस्थित लगाउने कार्य द्रुतगतिमा अघि बढाइएको छ। स्मरण गराइन्छ, 13 मईको दिन चुङथाङका महकुमा अधिकारीले आइटीबीपीको 11औं र 13औं वाहिनी, भेटनेरीका डाक्टरहरू, स्थानीय चौंरी पालक तथा अन्य हितधारकहरूसित यस विषयमा महत्त्वपूर्ण सभा गरेका थिए। सभापछि पशु चिकित्सकहरू, भू-राजस्व एवं आपदा प्रबन्धन विभागका अधिकारी-कर्मचारी, आइटीबीपीका जवान र स्थानीय चौंरी पालकहरूले मुगुथाङबाट उपचार तथा उदार कार्य शुरू गरेका छन्।
स्मरण गराइन्छ, यसै वर्षको जनवरी महिनादेखि निरन्तर हिमपात भएर अप्रेलको अन्तिम हप्तामा मात्र हिमपातमा कमी आएको थियो। यस वर्ष बितेको वर्षहरूको तुलनामा 7 देखि 9 गुणा अधिक हिमपात भएको कारण चौंरी गाईको अधिक सङ्ख्या भएको स्थानमा हिउँले पुरिएर तथा बाटो बन्द भएपछि चौंरीहरू धेरै सङ्ख्यामा मरेका छन्। अहिले पनि लगभग 10 फीटको हिउँ यथावत छ। अत्याधिक हिमपातका कारण चौंरीले लगभग तीन महिनासम्म चारो पाउन सकेनन्। यसैकारण भोक नै चौंरीहरूको मृत्युको मूल कारण भएको छ।
जिल्ला प्रशासनले यो घटनाको जानकारी पाउनसाथ राहत अनि बचाउ कार्यकालागि तत्काल पहल शुरू गरेको छ। अहिले शुरूवाती चरणमा सडक सुचारू भएका क्षेत्रसम्म नै उपचार गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। यसरी नै 18 मईदेखि 22 मईसम्म अन्य दुर्गम क्षेत्रमा पुगेर बाँचेका चौंरीहरूको उपचार गर्ने र अतिरिक्त आहार पुर्याउने योजना बनाइएको छ। यद्यपि, कतिपय स्थानमा सडकहरू अझ पनि अत्याधिक हिमपातका कारण सुचारू नभएको कारण यो कार्य अति नै चुनौतीपूर्ण भएको छ। अहिले शुरूमा तल्लो भेगमा पर्ने इलाकामा खोजी अभियानसितै जीवित रहेका चौंरी गाईलाई उपचार गरिँदैछ।
उत्तर सिक्किमको मुगुथाङ, छोलमु, कालापत्थर, चोप्टा भेल्ली र अन्य क्षेत्रमा अत्याधिक हिमपातका कारण यस वर्ष चौंरी गाईको अस्तित्व सङ्कटमा परेको छ। शुरूवाती चरणमा जिल्ला प्रशासनले यस क्षेत्रमा लगभग तीनसय चौंरी गाईको मृत्यु भएको पुष्टि गरेको छ भने स्थानीय चौंरी पालकहरूले यो सङ्ख्या हजारसम्म पुग्ने दावी गरेका छन्। मुगुथाङदेखि माथि अनकटार ठाउँमा पुग्न कठिन भइरहेको कारण यसको सही आँकडा भन्न नसकिने पनि स्थानीयहरूको भनाई छ।
स्मरण रहोस्, उत्तर जिल्ला प्रशासनले प्रभावी क्षेत्रमा आइटीबीपीसित मिलेर सेनाको हेलिकप्टरमार्फत तीनपल्टसम्म पुग्ने प्रयास गरेको थियो। यद्यपि, फरवरी मार्च महिनामा मौसममा अत्याधिक खराबी आएपछि यो विषय अझ चुनौतीपूर्ण भयो। सेनाको चप्परमार्फत घाँसपात र अन्य खाद्य सामाग्री पुर्याउने प्रयास भए तापनि धेरै सङ्ख्यामा भएका चौंरीलाई पुग्ने राहत सामाग्री पुर्याउनु अर्को चुनौती बनेको छ।

Related posts

Leave a Comment