जीएसएसएसद्वारा शहीदहरूलाई श्रद्धाञ्जली

Font Size
33 Total Views

हामी गोर्खाल्याण्डको निम्ति प्रतिबद्ध छौं: अञ्जनी शर्मा

कालेबुङ, 16 जून।
जीएसएसएसद्वारा आज दिल्लीमा गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। शहीदहरूलाई श्रद्धाञ्जली स्वरूप दिल्ली मुनिरकामा जीएसएसएस कार्यकर्ताहरूद्वारा मानिसहरूलाई शरबत अनि जुस वितरण गरिएको थियो। कार्यक्रममा एनसीआरमा रहेका विभिन्न सङ्घ-संस्था, राजनैतिक एवं गैर-राजनैतिक दल साथै स्थानीय गोर्खा समुदायका मानिसहरूले सहभागिता जनाएका थिए। जीएसएसका पक्षमा अञ्जनी शर्माले भने अनुसार शहीदहरूलाई सम्झना गर्दै गोर्खाल्याण्डको निम्ति प्रतिबद्धता जनाउने उद्देश्यले नै कार्यक्रमको आयोजना गरिएको थियो।
‘गोर्खाल्याण्डको भूमिलाई आफ्नो रगतले शुद्धि गर्दै हाम्रो परिचय र सुरक्षाको निम्ति शहीद हुने ती अमर सपुतहरूलाई सम्झना गर्दै हाम्रो मूल मुद्दा गोर्खाल्याण्डको निम्ति प्रतिबद्धता जनाउनको निम्ति सबैलाई जागरूक गराउनु कार्यक्रमको प्रमुख उद्देश्य थियो’-अञ्जनी शर्माले भनिन्, ‘हाम्रा हजारौं शहीदहरूले गोर्खाल्याण्डको निम्ति प्राणको आहुती दिएको भएपनि आजसम्म हाम्रो मुद्दा भने जहाँ को त्यही रहेको छ।’ उनले अलग राज्य गोर्खाल्याण्डको निम्ति शहीदले दिएको बलिदानलाई सधैं स्मरण गरेर शहीदको सपनालाई साकार पार्न हरसम्भव प्रयास गर्न आह्वान गरेकी छन्। कार्यक्रममा जीएसएसएस कार्यकर्ताहरूले दार्जीलिङ पहाडमा बङ्गालको कालो नीति चलिरहेको, मानव अधिकार हनन् भइरहेको भन्दै राज्यको उत्पीडनको भर्त्सना जनाएका थिए।

Related posts

Leave a Comment