जारोङ छुनामलाई पश्‍चिम सिक्किमसित जोड्ने सडक कार्पेटिङको कार्य पूरा

Font Size
135 Total Views

नाम्ची, 21 अप्रेल।
दक्षिण सिक्किमको राभाङ्लाबाट जारोङ हुँदा पश्‍चिम सिक्किमलाई जोड्ने सडक बर्फुङ समष्टिअन्तर्गत लोअर जारोङको छुनाम गाउँमा केही वर्ष अघि चार किलोमिटर सडक खनिएको थियो। सडक खनिएको धेरै समय बितेर गए पनि हालै यो सडक कार्पेटिङको काम पूरा भएको छ। गाउँको सडकलाई गुणस्तरीय कार्पेटिङ गरिदिएकोमा लोअर जारोङका पञ्चायत केबी राई सहित सम्पूर्ण गाउँवासीले सम्बन्धित विभाग र सिक्किम सरकारप्रति आभार प्रकट गरेका छन्। यसका साथै गुणस्तरीय कार्य गरिदिएकोमा ठिकादारप्रति पनि आभार प्रकट गरेका छन्।
यसरी नै जीपीयूका सभापति अनिल राईले पनि सरकार र विभागप्रति आभार प्रकट गर्दै गाउँका मानिसहरूको समस्यालाई ध्यानमा राख्दै खनिएको सडकको यसरी गुणस्तरीय कार्पेटिङ गरिदिएपछि स्थानीय मानिसहरू धेरै खुशी भएको बताएका छन्। उनले भनेका छन्, यो सडकले गाउंँवासीलाई दक्षिण र पश्‍चिमलाई जोड्न सकेको छ। यसबाट मानिसहरूले धेरै फाइदा उठाउन सक्नेछन्। मानिसहरूका लागि यो सडक कार्पेटिङले धेरै सजिलो भएको छ।

Related posts

Leave a Comment