जनतालाई धन्यवाद दिँदै गाउँ-गाउँ पुगे एनके सुब्बा

Font Size
121 Total Views

गेजिङ, 29 अप्रेल।
मानेबुङ-देन्ताम समष्टिका एसडीएफ उम्मेद्वार एवं पूर्व मन्त्री नरेन्द्रकुमार सुब्बाले आफ्नो समष्टिका प्रत्येक वार्डका जनतालाई भेट गर्दै सबैलाई धन्यवाद दिइरहेका छन्। यस अवसरमा उनले अब उसो सरकार गठनपछि समष्टिका जनताको निम्ति सामाजिक, आर्थिक, पूर्वाधार विकासका लागि गर्ने बताउँदै विभिन्न जानकारीहरू लिइरहेका छन्। चुनाउपछि प्रत्येक घर दैलोमा गएर सुझाउ र सल्लाह लिइरहेका छन्। यस वर्षको चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन चुनाउ आयोग र प्रशासनले अहम् भूमिका निर्वाह गरेकोमा सम्पूर्ण जनताको तर्फबाट धन्यवाद दिए। उनले चुनाउका समय थोरै समय रहेका कारण सबैको घर-दैलोमा पुगेर जनतासित भेट गर्ने समय नमिलेको बताउँदै अहिले जनतासित भेट गरी धन्यवाद दिन निस्किरहेको उनले बताएका छन्।
समष्टिको देन्ताम, उत्तरे, सोपाखा, झाँक्रीढुङ्गा, बाङ्तेन, सापोङ, सरदोङ, लुङ्जिक, कर्मटार, साङ्खु, खाण्डु, हि, तामाबुङलगायत अन्य स्थानहरू पुगी उनले जनतालाई धन्यवाद दिएको बताएका छन्।

Related posts

Leave a Comment