जनतालाई धन्यवाद दिँदै एसडीएफ उम्मेद्वार जीएम गुरूङ गाउँ भ्रमणमा

Font Size
27 Total Views

रम्फू, 20 अप्रेल।
पूर्व सिक्किमको खाम्दोङ सिङताम निर्वाचन क्षेत्रका एसडीएफ उम्मेद्वार जीएम गुरूङ आफ्नो टीमको साथमा क्षेत्रका विभिन्न पञ्चायत वार्डहरूको भ्रमणमा निस्किएका छन्। चुनाउको समय आफूलाई सहयोग गरेवापत सम्पूर्ण गाँउवासीलाई धन्यवाद दिँदै मानिसहरूसँग भेट गर्ने उद्देश्यमा उनी भ्रमणमा निस्केका हुन्। यसका साथै आफ्नो क्षेत्रको पूर्वाधार विकासका रूपरेखाहरू तयार पार्नु पनि उनको यस भ्रमणको उद्देश्य रहेको गुरूङले बताएका छन्।
गाउँमा होम स्टे निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने अनि अन्य विभिन्न पर्यटकीय विकासलाई पनि प्रमुखताका साथ अघि बढाउने उद्देश्य राखिएको उनले बताएका छन्। आज सिमिक गुम्बासितै अन्य पर्यटकीय विकासका निम्ति चयन गरिएका स्थानहरू गंगना, एकान्तवास, फेबोङला वाइल्ड लाइफ सेञ्चुरी आदि स्थानको पनि जीएम गुरूङले भ्रमण गरे। उनले खाम्दोङ सिङताम क्षेत्रलाई पर्यटनसित जोड्दै विकासको गोरेटोमा डोहोर्याउने अनि विश्‍व पर्यटनसित जोड्ने पहल गरिने पनि उनले बताएका छन्। यस क्रममा गाउँका मानिसहरूसँग भेट गर्दै चुनाउको समय आफूलाई सहयोग दिएवापत धन्यवाद एवं कृतज्ञता प्रकट गरे।

Related posts

Leave a Comment