छोपेल जाङ्पो भोटियाको निधन

Font Size
32 Total Views

गान्तोक, 20 अगस्त।
वाणिज्य एवं उद्योग विभागका अध्यक्ष छोपेल जाङ्पो भोटियाको निधन भएको छ। उनी सिलगढीको न्युटिया अस्पतालमा उपचाराधीन थिए। एसडीएफ सरकारमा वर्ष 2014 देखि 2019-सम्म वाणिज्य एवं उद्योग विभागमा अध्यक्ष पदमा दायित्व सम्हालेका भोटियाले समाज साथै राज्यको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको निधनले समाज साथै एसडीएफ पार्टीलाई ठूलो क्षति भएको बताउँदै जाङ्पो भोटियाको आत्मालाई शान्ति प्राप्त होस् भन्दै एसडीएफ पार्टीले हार्दिक समवेदना प्रकट गरेको छ। यस दुखद घडीमा शोकाकुल परिवारका सदस्यहरूलाई धैर्य गर्ने शक्ति ईश्‍वरले प्रदान गरून् भनी एसडीएफ पार्टीले कामना गरेको छ।

Related posts

Leave a Comment