छैटौं चरणको मतदानः पश्‍चिम बङ्गालमा बम्पर भोटिङ, उत्तर प्रदेश पर्यो पछि

Font Size
12 Total Views

नयाँ दिल्ली, 12 मई।
छैटौं चरणको मतदानमा पश्‍चिम बङ्गालमा बम्पर भोटिङ भएको छ भने उत्तर प्रदेश मतदानको मामिलामा पछि परेको छ। चुनाउआयोग अनुसार लोकसभा चुनाउको छैटौं चरणमा 63.04 प्रतिशत मतदान दर्ता गरिएको छ। आइतबार सात राज्यका 59 वटा लोकसभा सीटका लागि मतदान भयो। यसमा बिहार राज्यबाट आठवटा सीट, हरियाणाका सबै 10 वटा सीट, दिल्लीका सबै सातवटा सीट, झारखण्डको चारवटा सीट, मध्य प्रदेशको आठवटा सीट, उत्तर प्रदेशको 14 सीट र पश्‍चिम बङ्गालको आठवटा सीटका लागि मतदान भयो। आयोगअनुसार राती 8.50 बजेसम्म प्राप्त गरेको आँकडाअनुसार बिहारमा 59.29 प्रतिशत, हरियाणामा 66.69 प्रतिशत, मध्य प्रदेशमा 64.22 प्रतिशत, उत्तर प्रदेशमा 54.29 प्रतिशत, पश्‍चिम बङ्गालमा सर्वाधिक 80.35 प्रतिशत, झारखण्डमा 64.50 र दिल्लीमा 58.93 प्रतिशत मतदान दर्ता गरिएको छ।
लोकसभा चुनाउ 2019-को छैटौं चरणमा दिल्लीसहित सातवटा राज्यका 59 वटा लोकसभा सीटका लागि आज साँझसम्ममा मतदान सम्पन्न भयो। सात राज्यमा भएको मतदानमा पश्‍चिम बङ्गालमा सर्वाधित 80.35 प्रतिशत मतदान भएको छ। यसरी नै सबैभन्दा कम्ति मतदानको प्रतिशत उत्तर प्रदेशमा 51.31 प्रतिसत दर्ता गरिएको छ। स्मरण रहोस्, आज भएको मतदानमा केन्द्रिय मन्त्री राधा मोहन सिंह, डा. हर्षवर्द्धन र मेनका गान्धी, सपा प्रमुख अखिलेश यादव र कांग्रेस नेताहरूमा दिग्विजय सिंह र ज्योतिरादित्या सिन्धियाको भाग्य इभीएम मशिनमा बन्द भएको छ। छैटौं चरणको मतदानमा भारतीय जनता पार्टीको कडा परीक्षा छ किन भने 2014-मा भारतीय जनता पार्टीले 59 मध्ये 45 सीटमा जीत दर्ता गरेको थियो भने टीएमसीलाई आठ, कांग्रेस पार्टीलाई दुई र सपा अनि लोजपालाई 1-1 वटा सीटमा जीत प्राप्त भएको थियो।

Related posts

Leave a Comment