छैटौंपल्ट पनि पवन चामलिङको नेतृत्वमै सरकार गठन हुनेछ

Font Size
95 Total Views

ए.पी. राई
आसाम लिङ्गजे

सन् 1940 को दशकदेखि नै राजतन्त्रबाट उन्मुक्त हुन छटपटाईरहेका सिक्किमका जनताले सन् 1973 सालमा ठूलो सास फेर्न पाएको इतिहास छ। तरै पनि केही छद्मभेषि शोषक र सामन्तहरूलाई यो पाच्य थिएन। साँचो प्रजातन्त्रका दुश्मनहरू यो उन्मुक्ति चाहँदैन थिए। तर शक्तिशाली जनगणको खानु प्रत्यक्ष रूपमा आउन भने डराउँथे। यसैक्रममा सरकार फेरिए, नेतृत्वहरू फेरिए तर सामन्ती खोच भने पटक्क फेरिएन। जनताको डढाल्नुबाट कालोभारी प्रत्यक्षरूपमा नदेखिए तापनि आदृश्य रूपमा यी सामन्ती ब्वाँसाहरूको सोच भने लादिएकै थिए भन्दा फरक पर्दैन।
सन् 1973 देखि 1994 सम्ममा प्रजातन्त्र प्रणाली भनिएको वर्षहरू भएपनि गरीब जनता पिरोलिएकै देखिन्थे। यति लामो 20 वर्षमा लामो छोटो अवधिको जम्मा गरेर छ वटा सरकारले सिक्किमको बागडोर सम्हाले तर कुनै सरकारले पनि जनतालाई साँचो प्रजातन्त्र के हो? स्वाद चखाएनन् भन्दा दुईमत नहोला। किनभने कुनै सरकारले सिक्किमको समोन्नति के हो बुझ्नै सकेन, कुनै सरकारले सत्ता हत्याउनु बाहेक अरू देखेन, कुनै सरकारले प्रतिशोध लिन बाहेक अन्य एजेण्डा नै देखेन, कुनै सरकारलाई भने येन केन प्रकारेन सत्तामा बसिरहन नै पर्ने मात्र एजेण्डा लिए।
यस्तै घटनाक्रममा खुबै शक्तिशाली मानिएको शासक र पार्टीबाट नै एकजना सहाशी योद्धा शासन प्रणालीबाट उकुस-मुकुम भएर जनताको पक्षमा न्याय खोज्न आफ्नै पार्टीको सरकारसँग विद्रोहमा उत्रन्छन्। सरकारको काम गराईको तरिकामा भिन्नता ल्याउनुपर्छ भनेर सुझाव राख्छन्। तर यो कुरो त्यसताका शक्तिशाली मानिने व्यक्तिले आफ्नै मन्त्रीलाई मन्त्री परिषद्बाट निष्कासन गरिदिए। ति व्यक्ति अन्य कोही नभएर श्री पवन चामलिङ हुन्। 16 जून 1992 को दिन मन्त्री परिषद्बाट र 19 जुलाई 1992 को दिन त सत्तासिन संग्राम परिषद् पार्टीबाट नै निस्कासन गरिदिए। तिनै साहसी योद्धा प्रजातन्त्रका साँचो र जुझारू व्यक्तिले 9 सितम्बर 1992 को विधानसभा सत्रको शुन्यकालमा प्रश्‍न राख्न खोज्दा पनि अनुमति नपाएपछि सदनभित्र नै मोमबत्ती बालेर प्रजातन्त्र कहीं यसै सदनमा पो हराएको छ की? भनेर खोजी गर्न जमर्को कसे। त्यहि 9 सितम्बरको दिनदेखि नै सिक्किमे गरीब जनताको भाग्यको द्वार खुलिएको मान्नुपर्छ।
अझ अघि बढ्दै 4 मार्च 1993 को दिन सिक्किममा साँचो प्रजातन्त्र कायम गर्न र सिक्किमका खालिखुट्टे, लाबर जुत्तेहरूको हक र अधिकार खोजिदिन ‘सिक्किम प्रजातन्त्रिक मोर्चा’ पार्टी खोलियो। (यस पार्टीलाई चामलिङले पार्टी खोलेको पनि ‘मर्चा’ पार्टी अरे, अब कसकसलाई ख्वाएर सोत्तर पार्छ’ भनेर तत्कालीन आफूलाई शक्तिशाली ठान्ने सरकार नाइकेले खिल्ली पनि उडाएका थिए।) पार्टी खोल्दासम्म उहाँले धेरै संघर्ष गर्नुपर्यो, अनेकौं जालजेल फत्तुरहरूको सामना गर्नुपर्यो, बनवास, गुप्तवास अनेकौं कष्ट पनि भोग्न पर्यो, आफ्ना परिवारसँग अलग्गिन पर्यो। तर नियतीलाई अर्कै मञ्जूर थियो। यी सबै कुराहरूलाई सकारात्मक रूपमा लिँदै आफ्नो दृढ विश्‍वासबाट अलिकता पनि डगमगाएनन उनी। आफ्नो इच्छाशक्तिलाई अझ बलियो बनाउँदै उनी अघि बढी नै रहे, गन्तव्यमात्र देखे तर बाटामा पर्ने झिना मखिना व्यावधानहरूलाई ध्यानै दिएनन्। असल सोच र दुदर्शिताको लक्षण भएका नेतालाई कम्ती आँक्दै अनेकौं लाञ्छनाहरू पनि लगाइयो, जस्तैः थ्याप्चेको नेता, राईको नेता, सुंगुर खानेको नेता इत्यादि। यहाँसम्म कि 1994 को चुनाउ प्रचारमा ‘दुध खानेले मलाई भोट दिनु, मुत खानेले चामलिङलाई भोट दिनु’ सम्म भन्न हिच्किचाएनन्। तर जुनै विकट परिस्थितिमा पनि रमाई रहने, गुनगुनाई रहने बानी भएका गरीबका नेता श्री पवन चामलिङले कुनै वास्तै नगरिकन सबै असल र भरपर्दो साथीहरूको संगठन तैयार पार्दै गए, आफ्नो व्यवहार र दृष्टिकोणमा, आफ्नो लक्ष्यमा कुनै प्रकारको बदलाव आउँन दिएनन्। सकारात्मक सोच र दृढ निश्‍चयले नै गन्तव्यतिर डोहोर्याउने भएकोले विस्तारै-विस्तारै गरीब जनताले मात्र होइन धनी वर्ग र बुद्धिजीविहरू समेतले उहाँलाई चिन्न मात्र होइन विश्‍वास पनि गर्न थाले।
यसैको फलस्वरूप मात्र 4 मार्च 1993 सालमा खोलिएको ‘सिक्किम प्रजातान्त्रिक मोर्चा’ पार्टीलाई 1994 सालको विधानसभा चुनाउमा सिक्किमे गरीब जनताले बहुमत दिएर सत्तासम्म पुर्याइदिए। तर गरीब जनताको फैसलाको त्यही पाँच वर्ष सिक्किमे गरीब खटिखाने जनता र लाबर जुत्ते जनताको निम्ति वरदान नै सबित हुनगयो। यही फैसलाले सिक्किमको इतिहासले पल्टा खायो अनि प्रगतिको शीखरतिर लम्कने गोरेटो प्रसस्त पारेको थियो। यसैकारण त त्यस्ताकाको नाराहरू समेत गरिबीसँग साँच्चै मित्रता गाँसेको पाइन्छ जस्तै- पवन चामिलङ जिन्दावाद, खालिखुट्टे जिन्दावाद, लाबरजुत्ते जिन्दावाद, हले कोदाले जिन्दाबाद, किसान मजदूर जिन्दावाद इत्यादि। यसै कार्यकालमा सरकारले मजदूर दिवस मनाउने प्रथा कायम गरेर मजदूरहरूलाई एकदिनको छुट्टि समेत दिने घोषणा मात्र होइन दैनिक ज्यालामा बढोत्तरी गरिदिए।
स्वाभीमानी र कर्तव्यनिष्ठ नेता भएकै कारण अन्य नेतागणको आत्मबल पनि उच्च थियो भने जनताको विश्‍वास र आत्मबल झनै शिखरमा थियो। यो नेता र सरकारले सिक्किमे खटिखाने जनता र सिक्किमको निम्ति केही गर्छ नै भन्ने विश्‍वास व्यप्त थियो। त्यसैको फलस्वरूप 1994 देखि यता कुनै अन्य क्षेत्रीय दल र केन्द्रिय राजनैतिक दलहरूसँग कुनै सम्झौता र साँठगाँठ नगरि 2014 सम्मको पाँचपल्ट लगातार सिक्किमे जनताको हृदय जितेर सरकार गठन गर्दै आईरहेको छ। यो सिक्किम प्रजातन्त्रीक मोर्चाले सत्तामात्र हाँकेन हाम्रो सानो हिमाली राज्यलाई भारतवर्षमा मात्र होइन संसारमा नै आफ्नो चिन्हारी दिलाएको छ। 70 को दशकमा हामी पल्टनमा जाँदा हामीलाई सोध्ने गरिन्थ्यो ‘कहाँ के रहनेवाले हो?’ भन्दा हामीले ‘सिक्किम के है’, भन्दा ‘सिक्किम कहाँ है नेपाल में?’ भनेर चकित हुन्थे भने आज संसारकै प्रायले सिक्किमलाई राम्ररी चिन्ने यही पार्टीको सरकारले बनाएको छ। यतिमात्र नभएर सिक्किमको सुन्दरतामा मोहित सबैजना सिक्किम भ्रमणमा आउन समेत लालायीत छन्। यो सत्यता पर्यटकको बढ्दो भीडले छर्लङ्ग पार्छ, दिनोदिन पर्यटन फस्टाउँदै गईरहेको हुनाले युवावर्गले विदेशिन परेको छैन, जागिरको समस्या छैन। यो सबै सबल र सफल नेतृत्वको कारण मात्र सम्भव भएको ठहर्दछ। तर यो समोन्नती केवल पारखी आँखाले मात्र देख्नसक्ने अमोध उन्नति हो, घृणा र प्रतिशोधमात्र बोकेका आँखामा यो छर्लङ्गिन असम्भव प्राय छ।
यसैकारण यहाँ एउटा कुरा नलेखी मेरो लेख नै अधुरो होला जस्तो भयो। के कुरा भने जसरी धानको चामलमा बियाँ हुन्छ, मीठो साथै गुणीलो मह तैयार पार्ने मौरी जातमा पनि एक जाति डाँठ हुन्छ जसले दुःखले बटुलेको मह बसि-बसि खाइदिन्छ। त्यही डाँठहरूको कारण मौरीहरूको झुण्डमा पनि कलह हुन्छ र झुण्ड अलग हुनेगर्छ। स्वाद लिँदै भात दाल खाइरहेको बेला बियाँ आएर दाँतमा अल्झिन्छ। सोही अनुरूप मानिस जातिमा पनि यस्ता बियाँ र डाँठहरू प्रसस्त हुँदा रहेछन्। आफू डयाम्मै अघाएको छ तर बाँदरले जस्तो च्यापुमा लुकाउने पनि पाएन भने बाबुआमादेखि बाजे-बोजू र सन्तानै पुकारेर नानाथरी गालि गर्न अलिकत्ति पनि हिच्किचाउँदैनन्। साथै जात, धर्म र वर्ग समेत खोताल्न थाल्छन्। यसपालिको चुनाउमा सरकारी सहुलियतहरूलाई केन्द्र सरकारले दिएको भन्नेको अनौठोपन पनि देखियो। धर्म, जात र वर्ग बचाउनेहरू पनि बग्रेल्तै देखिए। तपाईंहरूले पनि सुन्न-देख्नु भयो होला। यसपाली मैले मात्रै होकी अरूले पनि एउटा अनौठो कुरा सुँने त्यो शेयर गर्दैछु, शायद तपाईंहरूले लाईक गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। कुरा के हो भने विशेष नेपालीहरूमा सानो जात र ठूलो जात भन्ने एउटा भ्रमित चलन चल्ती त पूरानो कुरा हो। अहिलेसम्म त यो सबैले पचाई सकेको छ। तर यसै चुनाउ अवधिमा आ-आफ्नो जातभित्र पनि सानो र ठूलो गोत्र भन्ने अनौठो कुरा पनि पो सुनियो। हाम्रो नाम्चेबोङ क्षेत्रमा यसपाली एसडीएफ पार्टीले एकजना ब्राह्मण उम्मेदवार दिएको छ र मलाई विश्‍वास थियो 13119 छेत्री-बाहुन भोटरहरूमा 3/4 जति चौथाई ले त भोट हाल्छन् नै र अन्य जातिहरूले यै थप गर्दा गरीबको उम्मेदवारले सजिलै जित्ने रहेछ भनेर। तर यहाँ यथार्थ यस्तो भएन, अचम्म लागेको छ। शयर गरे हैं।
तर जे होस् गत 11 अप्रेल 2019 बिहिबारको दिन सम्पन्न दशौं विधानसभा र चौधौं लोकसभाको निम्ति भएको मतदानमा आस्थावान र सिक्किमप्रति साँचो माया राख्ने जनगणले छैटौंपल्ट पनि सरकार गठन गरेर सिक्किमको मर्यादालाई चरम शीखरमा पुर्याउने जनादेशा ‘सिक्किम प्रजातान्त्रिक मोर्चा’ (एसडीएफ) पार्टीलाई दिईसकेको मेरो विश्‍वास छ। साथै हाम्रो 32 नाम्चेबोङ समष्टिबाट पनि स्पष्ट बहुमतले विजय गराउनेछन् भन्ने कुरामा म विश्‍वस्त छु।
छैटौंपल्ट पनि सिक्किममा श्री पवन चामिलङकै नेतृत्वमा सरकार गठन हुन्छ भन्ने कुरा कतिलाई यो पाच्य छैन तर सत्य सत्य नै हुन्छ। किनभने उनको अहिलेसम्म कुनै विकल्प नै छैनन्। उनीजस्ता आँटले भरिपूर्ण जूझारू, बचनवद्ध, सकारात्मक सोच, इच्छाशक्तिले पूर्ण लगनशील, इमान्दार र चरित्रवान व्यक्तिको विकल्प नै छैन भन्दा दुइमत नहोला। यसैकारण आगामी 23 मई 2019 को दिन हुने मतगणनामा पुनः सत्तामा राखिराख्ने अठोट गर्दै अति आदरणीय सचेत जनताले सगर्व आफ्नो मताधिकारको प्रयोग गरेका छन्।
जीवनकालको उत्कृष्ठ शीखरमा को पुग्न चाहँन होला र? तर लरतरो व्यक्तिले नसोचे हुन्छ। किनकी सोचेर मात्र यो सम्भव छैन। असल व्यवहार र कुशल विचार एउटा खुड्किलो हो। श्री चामलिङ जुनै स्थितिमा पनि, जस्तोसुकै व्यक्तित्व होस्, थाङ्गने नै किन नहोस् आफ्ना पुरान मित्रहरूलाई टाडैबाट अभिवादन गर्न र नजिक भेटिए अंकमाल नै गर्न कहिल्यै चुक्दैनन्। मुख्यमन्त्री जस्तो उच्च ओहोदामा गत 25 वर्षदेखि लगातार असिन व्यक्तिको व्यवहार यति असल। यसैले जनता हुरूक्क छन्। साना कर्मचारीहरू आफ्नो व्यवसायबाट आफूलाई हिनताको शीकार हुन नदिनको निम्ति जैले पनि ओहोदा र व्यवसाय सानो हुँदैन भनेर प्रोत्साहित गरिबस्छन्। आफ्नो इच्छाशक्तिबाट विरूद्धमा जान रूचाउँदैनन्। नत्र भने स्व. भण्डारी सासनकालको पतन हुन लाग्दा पहिले उपमुख्यमन्त्री र पछिबाट मुख्यमन्त्री नै भईदिने आग्रह आउँदा नठुक्राउने थिए होला। त्यसताका आफ्नो इच्छाशक्ति र ज्ञान शक्तिको प्रयोग नगर्नुभएको भए सिक्किमे गरीब खटिखाने जनता कुशासनको अन्धकार मै रूमलिरहेको हुनेथियो। वचनबद्धता अर्को सफलताको खुड्किलो मानिन्छ, उहाँले सरकारै गठन नगरि आफ्ना सहयोद्धाहरूलाई दिनुभएको वचन ‘म सरकारमा आएँ भने जबसम्म म राजनीति गर्छु तबसम्म मेरो कुनै आफन्तलाई राजनीतिमा डोहोर्याउँदिन’ भनेर दिनुभएको वचन गत 25 वर्षसम्म कायम राख्नुभएको छ। आफ्नो इमान्दारिताको परिचय दिएका छन्, यो बहुतै गाह्रो कुरा हो। अहं र क्षमताको सदुपयोग निक्कै गाह्रो प्राय सफलताको खुडकिलो हो। यसमा पनि श्री चामलिङ खरो उत्रिएका छन्। गत 35 वर्षदेखि एकजना सफल राजनीतिज्ञ मात्रै नभएर एकजना सफल र भारतकै सबैभन्दा लामो समयसम्म सत्तासिन मुख्यमन्त्री भएर पनि आफ्नो सत्ताको दुरूपयोग गरेका छैनन् साथै सत्ताको घमण्ड आफूमा आरूड हुन दिएका छैनन्। यसकारण पनि सिक्किमे गरीब जनताले पुन चामलिङलाई छैटौंपल्ट पनि सत्ताममै रहिरहने आदेश दिएको कुरामा म सत-प्रतिसत विश्‍वस्त छु।
यस्ता महान व्यक्तित्वका धनी सिक्किमका नव निर्माताको सहयोद्धा हुन पाउँदा आफूलाई गौरवान्वित भएको महशुस गर्दछु। 000

Related posts

Leave a Comment