चुनाउपछि जनतासित भेट गर्दै टीटी भोटिया

Font Size
135 Total Views

नाम्ची, 24 अप्रेल।
बर्फुङ समष्टिको एसडीएफ उम्मेदवार टीटी भोटियाले चुनाउपछि पनि जनता, पार्टी कार्यकर्ता र पञ्चायतगणसँग भेट गरिरहेका छन्। बर्फुङ समष्टिको एसडीएफ पार्टीका सीएलसी अध्यक्ष प्रदीप गुरुङले बताएअनुसार, यो भेटघाटको क्रममा उम्मेदवार टीटी भोटियाले पार्टी कार्यकर्ताहरू र पञ्चायतगणसँग चुनाउपछिको गतिविधिहरू विषयमा अन्तर्क्रिया गरे भने जनतासँग उनीहरूका सुख-दुःखका कुराहरू बुझ्ने प्रयास गरेका थिए। अध्यक्ष प्रदीप गुरुङअनुसार, यो भेटघाट कार्यक्रम सफल बनेको छ। यस भेटघाट कार्यक्रमअन्तर्गत उम्मेद्वार टीटी भोटियाले हिज रालाङ-नामलुङ र बोरोङ-फामताम जीपीयूका जनता, पार्टी कार्यकर्ताहरू अनि पञ्चायतगणसँग अन्तर्क्रिया पनि गरेका छन्।

Related posts

Leave a Comment