चुनाउअघि नै शिलान्यास भएको सडक आजसम्म नबनिएको आरोप

Font Size
72 Total Views

कालेबङ, 1 जुलाई।
कालेबुङ शहरदेखि नजिकैमा रहेको गोकुलेदेखि देउरालीसम्म 3.2 किलोमिटरको सडक जीटीएले चुनाउघि नै शिलान्यास गरेको भएपनि आजसम्म निर्माण कार्य भएको छैन। चुनाउ आचार संहिता लाग्न ठिकअघि जीटीएद्वारा उक्त सडकको शिलान्यास गरिएको थियो। तर उक्त सडक बनिनको सट्टा अझ भत्किएर गाडी नै कुद्न नसक्ने अवस्था भएपछि बोङ ड्राइभर वेल्फेयर सोसाइटीका चालकहरू स्वयं अघि आएर सडक निर्माण कार्यमा खटेका हुन्। चालकहरूले आर्थिक अनि शारिरिक श्रम दिएर आइतबार दिनभरि नै सडक मरमत्ति गर्ने काममा जुटेका थिए। एसोसिएशनका पक्षमा मनोज छेत्रीले उक्त सडक पहिले नै शिलान्यास भएको भएपनि आजसम्म नबनेको आरोप लगाएका छन्। उनले क्षेत्रमा गाडी नै कुद्न नसक्ने अवस्था भएपपछि चालकहरू स्वयं सडक निर्माणका निम्ति अघि आएको बताए। ‘पानी पर्यो भने यहाँ गाडी नै कुद्नु सक्दैन’-छेत्रीले गुनासो गर्दै भने, ‘विरामी लिएर जानु पर्यो भने गाडी ठेल्नको निम्ति पछिपछि तीनजना मान्छे चाहिन्छ। भोटअघि शिलान्यास गरेर एकहप्ता काम गर्यो त्यसपछि कसैले हेरेन।’ चुनाउअघि सडक निर्माण गरिदिने भनेर दिएको आश्‍वासन चुनाउ सकेपछि पनि पूरा हुननसकेको उनले बताए।

Related posts

Leave a Comment