चिन्मय मिशन-सिक्किमद्वारा चिन्मय फूटबल टीम गठित

Font Size
23 Total Views

गान्तोक, 6 मई।
चिन्मय मिशन, सिक्किम केन्द्रले आफ्नै फूटबल टोली ‘चिन्मय फूटबल टीम’ तयार गरेको छ। गत 5 मईको दिन राजधानीको पाल्जोर स्टेडियममा उक्त फूटबल टीमको घोषणा गरियो। यस अवसरमा राज्य यातायात विभागका सचिव एसडी ढकाल, राज्य खेल तथा युवा मामिला विभागका संयुक्त निर्देशक राम बहादुर विश्वकर्मा, चिन्मय मिशन-सिक्किम केन्द्रका महासचिव एसके शारदा, बाल विहार समूहका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू उपस्थित थिए। आचार्य स्मरण चैतन्य अनि युवावीर तारा प्रसाद ढुङ्गेलको देखरेखमा युवावीर समूहबाट उक्त फूटबल टीम तयार गरिएको जानकारी दिइएको छ। पछि, चिन्मय फूटबल टीमका सदस्यहरूले एमजी मार्गमा महात्मा गान्धीको मूर्तिमा खादार्पणपछि राष्ट्रिय गान पनि गाएका थिए। चिन्मय मिशनले गतिशील आध्यात्मिकताको माध्यमद्वारा युवा क्षमतालाई उपयोगमा ल्याउनु आफ्नो भिजन रहेको बताएको छ। आजका युवाहरूमा व्यापक सम्भावना रहेको छ जुन अप्रयुक्त छ। चिन्मय मिशनले आध्यात्मिकताको आध्यमद्वारा युवाहरूका ऊर्जालाई सही दिशामा मोड्न प्रतिबद्ध रहेको छ। चिन्मय मिशनको भिजन विश्वका निम्ति सकारात्मक कार्यबल तयार गर्नुका साथै युवाहरूलाई उनीहरूका सम्बन्धित क्षेत्रमा सफल बन्न मार्गदर्शन गर्नु रहेको बताइएको छ।-हिस

Related posts

Leave a Comment