चाइल्डलाइन सर्भिस रम्फूद्वारा बाल मजदूरको उद्धार

Font Size
87 Total Views

रिनाक, 15 मई।
चाइल्डलाइन सर्भिस केन्द्रको पहलमा गत एकहप्तादेखि रम्फूका विभिन्न स्कूल, आँगनवाडी केन्द्र अनि भिन्नाभिन्नै स्थानहरू चानाटार, बरदाङ, माइनिङ, माझीटार अनि डुगामा राखिएको सचेतना कार्यक्रमहरुको समापन आज आइबीएम स्थित चाइल्डलाइन कार्यालयमा गरियो। विशेष बाल शोषण, बाल मजदूर, बाल संरक्षण आदि विषयहरूलाई लिएर चाइल्डलाइनले गरेको सचेतना शिविर आज अप्पर रम्फूस्थित आँगनवाडी केन्द्रमा सम्पन्न गरिएको थियो। कार्यक्रममा आगनवाडी केन्द्रका कार्यकर्ता कमला गुरुङले बाल-बालिकाहरूको मुद्दामा जोर दिँदै, स्वास्थ्य अनि शारीरिक सरसफाई अनि शिक्षाको महत्वमाथि प्रकाश पार्दै चाइल्डलाइन 1098 लाई सबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिने अपील गरेकी थिए। चाइल्डलाइनका कार्यकर्ताहरूले नानीहरूलाई जागरुक गराउँदै विभिन्न प्रतियोगिताको आयोजना गरियो। अर्कोतिर पश्‍चिम बंगाल मालबजार बरा डिग्गी चिया बगानका 10 वर्षीय मान्की मुण्डालाई चाइल्डलाइन रम्फूले उद्धार गरि शिशु कल्याण समिति (सीडब्लुसी) गान्तोकमा लगिएको चाइल्डलाइन रम्फू केन्द्रका टोली समन्वयकले बताएका छन्। बालक मुण्डालाई बाल मजदुरको मुद्दाअन्तर्गत उद्धार गरिएर बाल गृह गान्तोकमा लगियो। उनलाई रम्फूको एक घरबाट बाल मजदुरको रुपमा गत केही वर्षदेखि राखिएको, पछि उनको अभिभावक संचारवा मुण्डालाई सूचित गरिएपछि चाइल्डलाइनले यो कदम उठाउँदै बालकको घरमा पुगी उद्धार गरिएको थियो, यसरी बाल-बालिकाहरूको हितमा चाइल्डलाइन एक उदाहरणीय कार्य गरेको छ। रम्फू बजार अनि छेउछाउका गाउँ-घरहरूमा 18 वर्ष मुनिका बाल-बालिकाहरूलाई बाल मजदुरको रुपमा राखिए तापनि अनिवार्य रुपले स्कूल पढाउने पर्ने आह्वान चाइल्डलाइन 1098 ले गरेको छ।

Related posts

Leave a Comment