गरिबीको जीवविज्ञान

Font Size
109 Total Views

गरीबहरू किन गरीब अनि अमीरहरू किन अमीर हुन्छन्? यो एउटा त्यस्तो प्रश्‍न हो जुन प्रश्‍नसित हामी युगौंदेखि संघर्ष गर्दै आइरहेका छौं। प्राचीन साहित्यमा पनि राजादेखि रैतीसस्म अनि कृष्णदेखि लिएर सुदामासम्मको आर्थिक असमानता देखिएको छ। देखाइएको छ। एक समय गरिबीलाई कि त भाग्यको खेल मानिन्थ्यो कि त कर्मको फल मानिन्थ्यो अनि कि त ईश्‍वरको इच्छा। त्यसपछि यसलाई शिक्षा, योग्यता अनि क्षेत्रीयतासित पनि जोडेर हेर्न थालिएको थियो। त्यसपछि फेरि यस्तो अवधारणाको विकास भयो जहाँ हाम्रो अर्थव्यवस्था नै यस्तो बनिएको छ जसले केही मानिसहरूलाई अमीर बनाउँछ अनि केही मानिसहरूलाई गरीब। यसैलाई लिएर शोषणको सिद्धान्तसितै नैतिकता पनि बन्यो। आजको समयमा आर्थित सिद्धान्त धेरै प्रचलित छ। अरु नभए पनि अर्थव्यवस्थामा परिवर्तन ल्याएर गरिबीलाई हटाउन सकिन्छ भन्ने सोच अहिले मान्य रहेको छ। स्वीकार्य छ।
उसो त अहिले पनि आर्थिक सिद्धान्तलाई सबैले स्वीकारीहालेका छैनन्। यदि त्यसो हो भने एकैप्रकारको शिक्षा-दीक्षा र पृष्ठभूमि हुने दुई व्यक्तिको आर्थिक स्थिति किन भिन्नाभिन्ै हुन्छ भन्ने प्रश्‍न आर्थिक सिद्धान्त अस्वीकार गर्नेहरूले उठाइरहेका छन्। केही जेनेटिक वैज्ञानिकहरू पनि यो समूह अथवा पक्षमा रहेका छन्। यही विषयलाई लिएर उनीहरू अहिले पनि शोध गरिरहेका छन्। त्यसमा पनि धेरै नयाँ-नयाँ विवादहरू उठिरहेको कुरा प्रकाशमा आइरहेका छन्।
ब्रिटेनमा मानिसहरूको ‘जिन’-को विस्तृत अध्ययनको लागि एक सार्वजनिक डाटाबेस तयार गरिएको छ, जसलाई ‘यूके बायोबैंक’ भनिन्छ। यसमा 8 लाखभन्दा अधिक मानिसहरूको ‘जिन’-को विस्तृत जानकारी दर्ता गरिएको छ। एडिनबर्ग विश्‍वविद्यालयका डेविड हिल र उनका सहयोगिहरूले अहिले यसमा मानिसहरूको आर्थिक स्थितिको जानकारीलाई पनि जोड्ने शुरू गरिदिएका छन्। उनले जब यो जानकारी माँगे, तब बायोबैंकका सहभागि बनेका 2 लाख 86 हजार मानिसहरूले आफ्नो आर्थिक स्थितिको जानकारी उनलाई पनि पठाइएको थियो। के मानिसको आर्थिक स्थितिमा उसको ‘जिन’-को पनि कुनै भूमिका हुन्छ भन्ने डेविड हिलले जान्न चाहेका थिए। अर्को अर्थमा भन्ने हो भने मानिस गरीब अथवा अमीर हुनुमा पनि उसको ‘जिन’-सित सम्बन्ध हुन्छ?
शुरूको शोधकार्यले मानिसको आर्थित स्थितिमा 92.6 प्रतिशत भूमिका गैर-जेनेटिक कारकहरूको हुने बताएको थियो। यद्यपि, यो गैर-जेनेटिक कारकहरूमा शिक्षा, प्रतिभा र बुद्धिमत्ता पनि आउँछन्। अब, यी तीनैवटा यस्ता कुरा हुन् जसलाई ‘जिन’-सित जोडेर हेर्न सकिन्छ। वैज्ञानिकहरू जति-जति यस्ता जटीलटाहरू भेट्छन् उनीहरूले यस्ता ‘जिन’-हरूको पत्तो लगाउनेछन् भन्ने अहिले मानिँदैछन्। यो पनि मानिसहरूको आर्थिक स्थितिसित सम्बन्धित रहेको हुन्छ। यसो भए, धेरै समाजशास्त्रीहरूले यसबाट प्राप्त ज्ञानभन्दा धेरै यो एउटा घातक प्रमाणित पनि हुनसक्ने बताइरहेका छन्।
कारण, पथमतः फेरि हामी त्यही युगमा पुग्नेछौं जहाँ गरिबीको लागि उसको मेहनत, शिक्षा र अर्थव्यवस्थाको कुनै भूमिका रहने मानिँदैन थियो अनि सबै दोष भाग्यमाथि जाँदछ। यसो भएमा यहाँ भेदभावको एउटा नयाँ आधार पनि बन्नेछ। नोकरी, व्यापार र सम्बन्धको लागि त्यस्तै मानिसहरू रुचाउने हुन्छन् जोसित कथित ‘जिन’ हुन्छ। धेरै वैज्ञानिकहरूले यो आशंकालाई अस्वीकार गरेका छैनन्, तर उनीहरूले पनि ‘जिन’ र आर्थिक स्थितिलाई जोड्न सकिने मानिरहेका छन्। यसैले कुनै न कुनै समय यी दुईलाई जोडिनेछ। यस्तोमा गरिबी निर्मूल पार्ने प्रश्‍न के हुन्छ, त्यो कसैले पनि भन्न सक्दैनन्।

Related posts

Leave a Comment