खोर्लोङमा एसडीएफ पार्टीको धन्यवाद कार्यक्रम

Font Size
9 Total Views

नाम्ची, 12 जून।
नामथाङ समष्टिको ताङ्जी-बिक्मत जीपीयूअन्तर्गत खोर्लोङमा आज एसडीएफ पार्टीको धन्यवाद कार्यक्रम सम्पन्न भयो। उक्त समष्टिबाट एसडीएफ पार्टीले हारको सामना गर्न परे पनि पार्टीका उम्मेद्वार बिर्जन तामाङले ताङ्जी-बिक्मतका सबै जनतालाई धन्यवाद दिए। नामथाङ समष्टिको उक्त जीपीयूबाट अन्य जीपीयूको तुलनामा एसडीएफ पार्टीले धेरै मत प्राप्त गर्न सफल भएको थियो। यसरी नै नामथाङ समष्टिको ताङ्जी-बिक्मत जीपीयूबाट एसडीएफ पार्टीको सो समष्टिको सीएलसीले आरम्भ गरेको धन्यवाद कार्यक्रम समष्टिको अन्य जीपीयूमा पनि आयोजना गरिने भएको छ।
यस्तै प्रकारले यो जीपीयूका एसडीएफ समर्थकहरू उपस्थित रहेको यस कार्यक्रममा सम्बोधन गर्दै उम्मेद्वार बिर्जन तामाङले एसडीएफ पार्टी सरकारमा आउन नसके पनि पार्टीले आफ्ना कार्यक्रमहरू सक्रियतापूर्वक अघि बढाइरहेको जानकारी गराए। एसडीएफ सरकारले कायम गरेको शान्ति-सुरक्षालाई वर्तमान सरकारले भङ्ग गरेकोमा दुःख व्यक्त गर्दै उनले जनतालाई अझ अन्याय भइरहे, एसडीएफ पार्टीले जनताको पक्षमा उभिएर धेरै काम गर्ने कुरामा जोर दिए। एसडीएफ समर्थकहरूलाई अहिले पनि एकजूट भएर रहने अनुरोध गर्दै उनले एसडीएफ पार्टी जनताको पार्टी भएको र एसडीएफ पार्टीको नेता पवन चामलिङ सिक्किमलाई विकासको मार्गमा अघि बढाएर विश्‍वमा सिक्किमलाई परिचित बनाउने नेता हुन भनी अवगत गराए।
यस धन्यवाद कार्यक्रममा जिल्ला पञ्चायत सदस्य गकूल राई, सीएलसी महासचिव सुरेश दाहाल, चुनाउ प्रचार समितिका उपाध्यक्ष नकूलदेव राई, विभिन्न स्तरका पार्टी कार्यकर्तागण, स्थानीय पञ्चायतगण आदिको पनि उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment