किताम स्कूलमा मातृ दिवस पालन

Font Size
6 Total Views

नाम्ची, 15 मई।
दक्षिण सिक्किमअन्तर्गत किताम उच्चतर माध्यमिक स्कूलमा आज मातृ दिवस भव्य रूपमा पालन गरियो। विशिष्ट अतिथिको रूपमा रहेकी स्थानीय निवासी सुमित्र राणाको बाहुलीबाट दीप प्रज्ज्वलन भएपछि कार्यक्रम आरम्भ भएको थियो। शिक्षिका गीता ढुङ्गेलले स्वागत भाषण राखेको यस कार्यक्रममा उपस्थित शिक्षक-शिक्षिकागणले स्वागत गीत राखेका थिए।
यस अवसरमा विद्यार्थीवर्गले आ-आफ्ना आमाहरूलाई श्रदास्वरूप खदा-माला लगाउँदै आफ्नो गच्छेअनुसार उपहार पनि प्रदान गरे। कार्यक्रममा विद्यार्थीवर्गले लघु नाटक पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित आमाहरूको लागि रैंप वक प्रतियोगिता पनि राखिएको थियो भने बाह्रौं कक्षाका विद्यार्थी दीपिका शर्माले कविता पनि वाचन गरेकी थिइन्।
यसरी नै प्राचार्य लता शर्मा विशिष्ट अतिथिको रूपमा रहेको कार्यक्रममा मानव संसाधन विकास विभागका उपनिर्देशक पीएल शर्माले सम्बोधन गरेका थिए। शिक्षक हेमन्त छेत्रीले धन्यवाद ज्ञापन राखेको यस कार्यक्रमको सञ्चालन एमके राई र डीकि भोटियाले गरेका थिए भनी शिक्षक दिवस प्रधानले जानकारी गराएका छन्।

Related posts

Leave a Comment