कालेबुङका विभिन्न ठाउँहरूमा पोष्टरिङ

Font Size
55 Total Views

कालेबुङ, 10 जून।
यसपल्टको लोकसभा चुनाउमा पनि पहाडवासीले गोर्खाल्याण्डकै निम्ति भोट दिएको कारण भाजपाले पहल गर्नुपर्ने भन्दै आज विनय तामाङपक्ष गोजमुमोले शहरमा पोष्टरिङ गरेको छ। ‘पहाडमा यो पालिको भोट पनि गोर्खाल्याण्डको निम्ति हो विलम्ब नगरी यसमाथि पहल होस्’-पोष्टरमा लेखिएको छ। पोष्टरमा गोर्खाल्याण्डबाहेक कुनै व्यवस्था पहाडवासीलाई स्वीकार्य नरहेको कुरा उल्लेख गरिएको छ। गत लोकसभा चुनाउमा हारको सामना गर्न परेको विनय तामाङपक्षले भाजपालाई दवाबमा राख्ने रणानीति बनाउँदै आज कालेबुङ शहरको विभिन्न ठाउँहरूमा पोष्टिरिङ गरेको हो।
पोष्टरिङ गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रिय युवा नेता बारूद थापाले भने अनुसार मोर्चा चुनाउमा हार्यो, त्यसको अर्थ चुपचाप बस्नु कथापि होइन। जनताले गोर्खाल्याण्डको लागि भाजपालाई जिताएको हो। मोर्चाले 2007 देखि गोर्खालायाण्ड माग्दै आएको हो। आजको परिप्रेक्ष्यमा गोर्खाल्याण्ड सर्वभारतीय गोर्खाहरूको माग हो। यसैले जनभावनालाई कदर गर्दै आजदेखि गोर्खाल्याण्डको मागलाई शुरू गरेको उनले बताए। उनले मुख्यमन्त्री ममता ब्यानर्जीले पहिलेबाट नै यो केन्द्रको विषय रहेको कुरा अवगत गराइसकेको भन्दै यसपालिको सत्रमा नै भाजपालो गोर्खाल्याण्डको बील ल्याउनुपर्ने युवा मोर्चाको माग रहेको उनले बताए।

Related posts

Leave a Comment