एसडीएफ पार्टीको समीक्षात्मक सभा सम्पन्न

Font Size
85 Total Views

गान्तोक, 2 जून।
एसडीएफ पार्टीको एउटा समीक्षात्मक सभा बाइपासस्थित पार्टी मुख्यालयमा आज बस्यो, पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा आयोजित उक्त सभामा पार्टीले भर्खरै सम्पन्न भएको चुनाउमा रहेको आफ्नो कमी-कमजोरीमाथि व्यापक समीक्षा गर्यो भनी पार्टीका महासचिव (प्रचार प्रसार) अम्बर राईद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिमा बताइएअनुसार पार्टी अध्यक्ष पवन चामलिङले सभालाई सम्बोधन गर्दै ‘25 वर्षपछि सिक्किमेली जनताले एसडीएफ पार्टीलाई विपक्षी पार्टीको जिम्मेवारी दिएका छन्। जनताले हामीलाई विपक्षीको भूमिका निर्वाह गर्ने अवसर दिएका छन्, कतै फ्याँकेका छैनन्। सत्तारूढ पार्टीलाई भन्दा धेरै मत दिएर जनताले हामीलाई ठूलो जिम्मेवारी दिएका छन्। हामीलाई जनताले जहाँ राखेर जुन जिम्मेवारी दिएका छन् हामी त्यहीं अडिग रहेर जनताका काम गर्नेछौं। हामीले 25 वर्ष अहोरात्र खटेर सिक्किमलाई प्रगतिको मार्गमा जसरी अघि ल्याएका छौं हाम्रो त्यस कार्यलाई सिक्किमको भविष्यले स्मरण गर्नेछ। भारतको इतिहासले गुप्ता युगलाई स्वर्णयुगको रूपमा लिएसरी सिक्किमको इतिहासले हाम्रो 25 वर्षे कार्यकाललाई लिनेछ किनकि आजसम्म सिक्किमेली जनताले जति सम्मान र समृद्धिका मार्गहरू पाएका छन् ती सबै एसडीएफकै निरन्तर सतप्रयासका कारण पाएका छन्। सिक्किमले संसारमा जति नाम कमाएको छ हाम्रै योगदानको कारण कमाएको छ। सिक्किममा जुन शान्ति र सुरक्षा छ त्यो एसडीएफकै सकारात्मक र रचानात्मक नेतृत्वको कारण सम्भव भएको छ। त्यसैकारण हामीले आफू एसडीएफ पार्टीको कार्यकर्ता बन्न पाएकामा गर्व गर्नुपर्छ ’ भने।
विज्ञप्तिमा भनिएको छ, सत्तारूढ पार्टीको धम्की र तोडफोडबाट कोही पनि आतङ्कित नभई निडर भएर त्यसको सामना गर्न पार्टी अध्यक्षले आग्रह गरे। सिक्किम र सिक्किमेली जनतालाई 25 वर्ष शान्ति र सुरक्षा दिलाउने एसडीएफ पार्टी र जनतामा सिक्किममा अशान्ति र असुरक्षा फैलाउनेहरूलाई ठिक पार्ने शक्ति पनि

Related posts

Leave a Comment